Digital Newspaper of Nepal
| Saturday, 24 February 2018
Subscribe Google+
Smart 4G

समाजमा अराजकता बढाएर विधीको शासन कमजोर बनाउँने खेल : प्रधानन्यायाधीस पराजुली(भिडियो सहित)

NIC Bank, Long AD

February 9, 2018

काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पछिल्लो समय समाजमा अराजक गतिविधि बढिरहेको बताउनुभएको छ । उहाँले समाजलाई द्वन्द्व भन्दा पनि सिष्टताले मात्र समाजलाई परिवर्तन गर्न सकिने बताउनुभयो ।
शुक्रवार राष्ट्रिय न्यायिक प्रतिष्ठानमा निर्मित न्याय स्रोत केन्द्र भवनको उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले आफूलाई सक्षम र परिवर्तक मान्ने व्यक्तिहरुबाट नै समाजमा द्वन्द्व निम्त्याउने गतिविधि बढ्दै जानुले समाज परिवर्तन हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले बिधिको शासनलाई कमजोर तुल्याउन केही पक्ष सक्रिय रहेको जनाउँदै सबै सजक र सतर्क रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा न्यायाधीश सपना मल्ल प्रधानले न्याय भनेको पीडकलाई दण्ड दिनु र पीडितलाई न्याय दिनुमात्र नभएको बताउँदै अदालतको फैसलाले न्यायको अनुभुति समेत गराउन आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय न्यायिक प्रतिष्ठानले देशभरका कानुन व्यवसायी देखि न्यायाधीशसम्मका न्याय क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुलाई समेत प्रशिक्षित गराउँदै आएको छ ।