जीवनजी । काठमाण्डौं । साच्चै हरेक मान्छेमा कुनै न कुनै एउटा प्रतिभा लुकेको हुन्छ । त्यो प्रतिभा आफैले उजागर गर्न सक्नु र त्यसमा धैर्यका साथ इमान्दार निरन्तर प्रयासरत रही जनमानसमा प्रस्फुटन गर्न सक्ने हो भने पक्का छ एकदिन त्यो व्यक्ति सफल हुन्छ ।
नामः प्रबिण ठकुरी
ठेगानाः कुञ्चोक, सिन्धुपाल्चोक
हालः (यु. ए. इ.) दुबई
कुञ्चोक ९, सिन्धुपाल्चोकको एउटा मध्यम वर्गिय परिवारमा जन्मिएर बैदेशिक रोजगारीको लागि हाल (यु. ए. इ.) दुबई रही आफ्नो नियमित कामकाजका साथै सांगितीक यात्रामा भविष्यको उज्यालो आशाको किरण लिएर हालै प्रबिणले प्रत्युस एल्बमको कलेजी यो घाइते भयो गीतमा मोडलिग् गरेका छन् उक्त भिडियोमा उनले प्रमुख भूमिका निभाएका छन् ।
यो म्युजिक भिडियोमा गीतकार बिपिन किरणको शब्द, युवराज चौलागाईको स्वर, लक्षमण शेषको संगीत र काजिस श्रेष्ठको निर्देशनमा उक्त म्युजिक भिडियो सूर्यबिनायक फिल्मसले निर्माण गरेको हो । प्रबिण र अनु शाहले मुख्य भुमिकामा छन् भने दिपक श्रेष्ठले सहायक भुमिकामा देखा परेका छन् । म्युजिक भिडियो हेर्दा अत्यन्त मार्मिक लाग्छ । म्युजिक भिडियो युट्युवबाट हेरिसकेपछि अत्यन्त मन परेको श्रोता तथा दर्शकहरुको भनाई छ । साथै यो उनको जन्मभूमि कुञ्चोकको इतिहासमा प्रथम म्युजिक भिडियो हो । पिता गाणेशबहादुर ठकुरी र माता सितादेबी ठकुरीकी छोरा प्रबिणको सानैदेखि संगीतमा रुची रहेको उनी बताउछन् । उनी भन्छन् “म संगीत क्षेत्रलाई सदैव माया गर्छु ।” यो प्रथम म्युजिक भिडियो भएका कारण आम दर्शकहरुलाई माया गरिदिनुहन र आफूलाई लागेको प्रतिक्रिया दिई मलाई अघि बढ्न सहयोग गरिदिनुहुन अनुरोध गर्दछन् ।
अदरणिय पाठकहरु तपाईले यो म्युजिक भिडियो यस लिंकमा हेर्न सक्नुहुनेछ:https://www.youtube.com/watch?v=roGLnvqCFOo&feature=share