Digital Newspaper of Nepal
| Friday, 20 April 2018
Subscribe Google+
Smart 4G

दशकमा त्रिशूलीले निल्यो ६२४ जना

NIC Bank, Long AD

February 11, 2018

त्रिशूली नदी किनारा हुँदै सडकमार्गमा यात्रा गर्ने सबै यात्रुहरुलाई यो क्षेत्रमा हुने दुर्घटनाको समाचारले सधैं झस्काइरहन्छ । हुन पनि त्रिशूली नदी किनारको सडक दुर्घटनामा परी एक दशक यता झण्डै ६ सय २४ जनाले ज्यान गुमाएका छन् भने कम्तीमा पनि ११ सय बढीको अंगभंग भएको छ ।

शनिबार तीन भीआईपी बेपत्ता पारेको त्रिशूलीले गएको ५ महिनामा मात्रै ६३ जनालाई निलीसकेको छ ।असोजयता ७९ जना गम्भीर घाइते भएका छन् ।

गएको आर्थिक वर्षको तथ्यांक अनुसार त्रिशूलीमा ११ सय सवारी दुर्घटना भएका थिए । त्यसकारण पनि मध्यक्षेत्र प्रहरी कार्यालयले यो सडकलाई दुर्घटनाको रेड जोनमा राखेको थियो ।