Digital Newspaper of Nepal
| Saturday, 20 July 2019

प्रदेश २ को संसदमा दौरा सुरुवालको ‘अल्पकालीन इन्ट्री’

February 12, 2018


जनकपुरधाम । सोमबार निर्धारित प्रदेश २ को प्रदेशसभा बैठकको तयारी चलिरहेका बेला एकाएक दौरा सुरुवाल कोट र सारी चोलो कोट लगाएर मर्यादापालक कुवा रामपुरस्थित प्रदेश संसद भवनमा प्रवेश गरेपछि खैलाबैला मच्चियो ।मधेसवादी दलले सर्वदलीय बैठकमार्फत प्रदेशसभाको पहिलो बैठकमै मर्यादापालकले दौरा सुरुवाल लगाउन नपाउने व्यवस्था गरे, जसका कारण उनीहरु अनौपचारिक पोशाकमा ड्युटी खटिए । उनीहरु मर्यादापालक हुन् भनेर चिनाउन ब्याच लगाइएको थियो । सोमबार कार्यव्यवस्था परामर्श समितिले सफारी सुट र सारी चोलो ड्रेसकोड तय गर्‍यो ।

तर, यो तत्काल उपलब्ध हुन सक्दैन । त्यसैले मर्यादापालकहरुले आफू खुसी पोशाक लगाउन पाउने भए । प्रदेशसभा सचिवालय र सांसदहरुबीच छलफल भएरै मर्यादापालकको अर्को पोशाक नबनेसम्मका लागि दौरा सुरुवाललाई अल्पकालीन पोशाकको अनौपचारिक मान्यता दिइएको स्रोतले जनाएको छ । अर्को पोशाक तयार नहुन्जेल आफ्नो इच्छा र सुबिधा अनुसारको पोशाक लगाउन छुट दिइएको संसद सचिवालयबाट काजमा खटिएका सहसचिव बंशीराज पौडेलले जानकारी दिए ।

उनले भने माननीय ज्यूहरुले मधेशमा धेरै गर्मी हुने भएकाले दौरा सुरुवाल उपयुक्त नहुने सुझाव दिनुभयो । अब पुरुषले क्रिम कलरको सफारी सुट र महिलाले पनि सोही कलरको सारी र ब्लाउज लगाउने गरी पोशाक तयार हुँदैछ, त्यो नहुन्जेल दौरा सुरुवाल लगाए पनि छुट भयो ।’ तर, मर्यादापालक दौरा सुरुवाल लगाएर आएपछि मधेशवादी दलका नेताहरुले आपत्ति जनाएका छन् ।