Digital Newspaper of Nepal
| Wednesday, 19 December 2018
Subscribe Google+
Smart 4G

केन्या विरुद्ध नेपालः टस जितेर नेपालले रोज्यो फिल्डिङ

NIC Bank, Long AD

February 12, 2018


काठमाडौँ । नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को अति महत्वपूर्ण खेलमा सोमबार केन्याको सामना गर्दैछ । नामिबियामा भइरहेको प्रतियोगितामा नेपालले ३ खेलमा २ विजय हात पारी विश्वकपको छनोटमा पुग्ने आशालाई जिवितै राखेको छ । नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको छ।

केन्याले पहिलो तीन मध्येको दुई खेल हारिसकेको छ। केन्या आइतबार क्यानाडासँग ५९ रनले पराजित भएको थियो। नामिबियाको केन्यासँगको पहिलो खेल वर्षाका कारण बिहीबारलाई सारिएको छ। यस्तो अवस्थामा नेपालमाथी विजय हात पार्न नसके केन्या डिभिजन ३ मा झर्न सक्छ।

२०१९ को विश्वकपको छनोटको आधार रहेको डिभिजन २ का शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन्। पुछारमा रहने दुई टोली रेलिगेसनमा पुग्ने छ। श्रोत: कान्तिपुर