Digital Newspaper of Nepal
| Wednesday, 22 August 2018
Subscribe Google+
Smart 4G

नेपाली सेना दिवसमा किन आउँदैछन् भारतीय सेनाका प्रमुख

NIC Bank, Long AD

February 12, 2018

काठमाडौं । भारतीय स्थल सेनाका सेनाापति विपिन रावत तीन दिने भ्रमणमा सोमबार नेपाल आउँदैछन् । रावत नेपाली सेना दिवस अर्थात शिवरात्रीको दिन आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुनेछन्।
नेपाली सेना दिवसमा विदेशका सेना प्रमुख नेपाल आउन लागेको यो पहिलो पटक हो। नेपाल र भारतका सेनाले एक अर्काका सेना प्रमुखलार्इ मानार्थ प्रमुख मान्दै आएका छन्। शिवरात्रीका दिन नेपाली सेनाका स्थापना भएको हो । रावत नेपाली सेनाका प्रमुख राजेन्द्र क्षेत्रीको निमन्त्रणमा आउन लागेका हुन् ।

उनी बुधबार स्वदेश फर्किने छन्। भारतीय पक्षले रावतको भ्रमणलाई नियमित र दुवै देशका सेनापतिहरुको परम्परागत भ्रमणको रुपमा लिएको छ । गत वर्ष उनी नेपाल आउँदा राष्ट्रपति विद्यादेवी भण्डारीले रावतलाई मानार्थ प्रमुखको प्रदान गरेकी थिइन् ।