Digital Newspaper of Nepal
| Friday, 20 April 2018
Subscribe Google+
Smart 4G

आज र भोलि हल्का वर्षा हुने

NIC Bank, Long AD

February 12, 2018


काठमाण्डौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज र भोलि देशैभर बदली भई हल्का वर्षा हुने भएको छ।पहाड र तराईका केही भागमा बदली भई पानी पर्ने र मध्य र पश्चिमका उच्च हिमाली भागमा हिमपात हुने मौसमविद् वरुण पौडेलले बताए। ‘हिजोबाटै बदली भएको मौसम भोलिसम्म कायम हुनेछ,’ पौडेलले भने, ‘आज राति र भोलि देशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।’ भोलि बेलुकादेखि भने मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ। शिवरात्रीका बेला मौसम बदली हुनु संयोग मात्र भएको मौसमविद् पौडेलले बताए।