Digital Newspaper of Nepal
| Thursday, 19 April 2018
Subscribe Google+
Smart 4G

महाशिवरात्रिमा पशुपतिमा भक्तजनको भीड

NIC Bank, Long AD

February 13, 2018

काठमाडौँ . आज महाशिवरात्रि । फागुन कृष्ण चतुर्दशीको रात शिवालयमा रातभर जाग्राम बसेर मनाइने शिवरात्रिको रौनक पशुपतिमा हेर्न लायक थियो । सोमबार रातभर बसेका श्रद्धालुहरुले मंगलबार बिहान शिवलाई मनपर्ने बेलपत्र, पञ्चामृत, पञ्चगव्य र श्रीखण्ड अर्पण गरे ।
पशुपतिमा मंगलबार बिहानैदेखि नै दर्शन गर्ने श्रद्धालुको भीड थियो । सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए ।

पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ । पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीनतर्फबाट पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

दर्शनार्थीलाई जुन ढोकाबाट प्रवेश गरेको हो त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ । यसवर्ष कति भक्तजनले दर्शन गरे भन्ने वास्तविक तथ्यांक लिन जुत्ता राख्ने स्थान र मूलढोकाबाट छिर्ने स्थानमा तथ्यांक संकलन समूह खटाइएको कोषले जनाएको छ ।

यसवर्षको शिवरात्रिमा १२ देखि १३ लाख दर्शनार्थीले मन्दिरमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।