Digital Newspaper of Nepal
| Tuesday, 19 February 2019

तृतीय विश्व योग उत्सवको पहिलो दिनको कार्यक्रम सम्पन्न

February 13, 2018

काठमाडौं । शान्ति योग आश्रमको आयोजनामा आज मच्छेगाऊँमा तृतीय विश्व योग उत्सवको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । शिवरात्रीको दिन पारेर आयोजना गरीएको कार्यक्रम प्रदेश नं. ३ कि सांसद् रमा आले मगरको प्रमुख अतीथिमा उद्घाटन भई चन्द्रागिरी नगरपालीकाका मेयर, वडा अध्यक्षहरुले योग स्वाथ्य शारीरीक र मानसिक दुवै रुपमा उपयोगी रहेको कुरा बताउनु भयो ।


कार्यक्रममा आफ्नो महत्वपुर्ण भनाई राख्दै डा. रुद्रनाथ अधिकारीले नेपाल योग भुमि, देव भुमी सिद्ध भुमी एवम् प्राकृतिक, सास्कृतिक रुपमा अमुल्य रहेको र यस्तो दिव्यतालाई विश्वसामु चिनाउने र धार्मिक पर्यटन प्रर्वद्धन गर्नु कार्यक्रमको उद्देश्य भएको बताउनु भयो ।
कार्यक्रममा स्वदेशी लगायत विदेशी योग संग आवद्ध गुरु, समाजसेवी र स्थानीयको बाक्लो उपस्थीति रहेको थियो । कार्यक्रममा योगको महत्व र आवश्यकता, विभिन्न मन्त्रोच्चारण, हवन साथै सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरीएको थियो ।


योगको जन्मभूमि नेपाल भएपनि योगको बारेमा अझैसम्म धेरै मानिसले कमै जानकारी रहेको भन्दै यस विषयमा थप ११ दिने शिक्षा योग उत्सवको आयोजना गरीएको शान्ति योग आश्रमका अध्यक्ष योगी प्रकाश ढुंगाना बताउनु भयो ।
यो कार्यक्रम शिवरात्रीको दिन देखि ११ दिन देशका विभिन्न स्थानमा गएर योग सिकाउँने कार्यक्रम छ ।

शान्ति योग आश्रम मच्छेगाऊँ, माधवराज सुमार्गी भवन पशुपतिनाथ, भक्तपुर, पोखरा,लुम्बिनीदेखि देवघाटसम्म गएर ११ दिन सम्म विश्व उत्सव मनाउँन लागेको शान्ति योग आश्रमका अध्यक्ष योगी प्रकाश ढुंगाना बताउनु भयो ।