Digital Newspaper of Nepal
| Monday, 22 October 2018
Subscribe Google+
Smart 4G

प्रदेश ५ मा आज सभामुखको निर्वाचन हुँदै, आजै मुख्यमन्त्रीको नियुक्ति

NIC Bank, Long AD

February 14, 2018


बुटवल । प्रदेश ५ को संसद बैठक प्रदेश राजधानी बुटवलमा आज दिउँसो १ बजे बस्दै छ । सभामुखको निर्वाचन बैठकको एक मात्र कार्य सूची छ । आजको बैठकबाट माओवादीबाट निर्वाचित पूर्वी रुकुमका सांसद पूर्ण घर्ती सभामुख बन्दै छन् । वाम गठबन्धनबाट हिजो उनले उम्मेदवारी दर्ता गराएका थिए । एक जनाको मात्र उम्मेदवारी परेकाले प्रस्तावकले निर्वाचित गरियोस भनेर प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेको जानकारी गराएपछि उहनी निर्वाचित हुने संसद सचिवालयका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । आजको बैठकमा अन्य कार्यसूची नरहेको सचिवालयले जनाएको छ ।

घर्तीको आज नै सपथग्रहण कार्यक्रम छ । त्यस्तै आज नै प्रदेश ५ ले मुख्यमन्त्री पाउँदै छ । एमाले संसदीय दलको नेता शंकर पोखरेल मुख्यमन्त्री बन्दै छन् । दाङबाट निर्वाचित पोखरेललाई वाम गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त गर्न लागिएको हो । सभामुखको निर्वाचन लगत्तै पोखरेलको नियुक्ति हुने प्रदेश प्रमुखको कार्यालयका सचिव सनतकुमार दुवाडीले जानकारी दिए । मुख्यमन्त्रीको सपथ भने भोलि दिउँसो ३ बजेका लागि तय भएको छ । पहिलो चरणमा पोखरेलसँगै एमालेबाट बैजनाथ चौधरी र माओवादीबाट संसदीय दलका नेता कुलप्रसाद केसी सहितको ३ सदस्यीय मन्त्रीमण्डल बन्ने एमाले सचेतक भुमीश्वर ढकालले जानकारी दिए ।