Digital Newspaper of Nepal
| Sunday, 16 December 2018
Subscribe Google+
Smart 4G

अभियान सहितको उत्प्रेणात्मक कार्यक्रम सिड्नी र मेलबर्नमा हुदै

NIC Bank, Long AD

February 16, 2018

काठमाडौं । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज ९न्क्एक्क्० को मुख्य आयोजना र असनेपालन्युजको प्रस्तुति तथा नागरिक समुह नेपाल, भिएफएम लगायतका संस्थाहरूको सहआयोजनामा राष्ट्र,राष्ट्रियता र सकारात्मक जीवनको लागि एक महान उत्प्रेणात्मक कार्यक्रम अष्ट्रेलियाको सिड्नी र मेलबर्नमा फे्रबुअरी १७ मा हुदैछ ।
संसारभर रहेका स्वाभिमानी नेपालीहरुको आत्मप्रयासलाई सार्थक बनाउने अभियानको थालनी स्वरुप यो कार्यक्रम अष्ट्रेलियाको सिड्नी र मेलबर्न हुनलागेको कुरा आयोजक संस्थाका प्रतीनिधिहरुले बताएका छन ।
उक्त कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी, विश्व शान्ति परिषद्का शान्तिदूत भीमसेन सापकोटा, नागरिक समूहका अध्यक्ष तथा प्रेरक वक्ता निगम हुमागाईं, चर्चित पत्रकार तथा स्वाभीमानका अभियान्ता प्रेम बानियाँ लगायतका प्रखर हस्तीहरुले आफ्ना महत्वपुर्ण भनाईहरु राख्ने छन् ।
सो कार्यक्रम एउटा उर्जाशिल र फरक अभियान सहितको संकल्प भएकाले धेरैलाई सहभागी हुने उत्सुकता भएको आयोजकहरु बताउछन । कार्यक्रम फे्रबुअरी १७ शनिवार सिड्नीस्थित सिभिक थियटर र आइतवार मेलबर्नको साइप्रस कम्यूनिटी सेन्टरमा हुदै छ ।