Digital Newspaper of Nepal
| Wednesday, 20 June 2018
Subscribe Google+
Smart 4G

ललितपुरमा अशक्तका लागि अमेरिकी नेपालीको पहलमा अत्याधुनिक पुस्तकालय बन्ने

NIC Bank, Long AD

February 18, 2018

ललितपुर । एसियाकै सुविधा सम्पन्न र अत्याधुनिक पुस्तकालय बनाउँन अमेरिकामा बस्ने नेपालीहरु तातेका छन् । शुक्रवार ललितपुर महानगरपालिकाको मेयर चिरिबाबु महर्जन तथा अमेरिकामा स्थापना भएको नेपाल जर्नी नामक संस्थाको अध्यक्ष मौसमी श्रेष्ठ, उपाध्यक्ष गोबिन्द रेग्मीले भेटेर सो कुराको जानकारी गराएका हुन् । अभिभाबक संघ नेपालका अध्यक्ष केशब पुरीको समन्वयमा भएको भेटमा नेपालमा विद्यमान दृष्टिविहीन, अपांग, लुला, लंगडाहरूका लागि हुनुपर्ने न्यूनतम सुविधा पनि नभएको अवस्थालाई दृष्टिगत गरि अत्याधुनिक पुस्तकालय बनाउँन सहयोग लागिएको हो ।


नेपाल जर्नी नामक संस्थाले अत्याधुनिक लाइब्रेरी बनाई दिने सम्बन्धमा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले जानकारी दिनुभयो । उक्त अबसरमा कस्तो र कसरी बनाउने तथा त्यसको उपयोगिता को बारेमा समेत छलफल भएको बताउँनै यसलाई एसियाकै उत्कृष्ट पुस्तकालय बनाउन आफूहर लागि परेको संस्थाकी अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिनुभयो । अशक्तहरुलाई समक्ष बनाउने उद्देश्यले पुस्तकालय स्थापना गर्न लागिएको हो ।