Digital Newspaper of Nepal
| Wednesday, 19 December 2018
Subscribe Google+
Smart 4G

पर्यटकीय क्षेत्र खुम्बुमा पर्यटकहरुको चहलपहल वढ्दै

NIC Bank, Long AD

February 20, 2018

सोलुखुम्बु  । सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा जाडो घटेसँगै पर्यटकहरुको चहलपहल बढेको छ । जाडो बढेसँगै पर्यटकीय सिजन सकिएपछि सुनसान बनेको खुम्बु क्षेत्रमा अहिले चहलपहल बढेको छ ।
जाडो कम हुँदै जानु, जाडो विदा सकिएपछि विद्यालय खुल्नु र जाडो छल्न अन्यत्र गएका खुम्बु वासीसमेत फर्कन थालेपछि चहलपहल बढेको स्थानीय उमा बराइलीले बताउनुभयो । उहाँका अनुसार खुम्बु क्षेत्रका सम्पूर्ण विद्यालय खुली सकेका छन् भने आन्तरिक तथा वाह्य पर्यटकको समेत चहलपहल बढेको छ ।

जाडो बढेपछि खुम्बु क्षेत्रका मानिसहरु घुम्नको लागि काठमाडौंलगायत अन्य विभिन्न तिर्थ यात्रामा जाने गर्छन । अहिले विस्तारै उनीहरु पनि फर्कन थालेको स्थानीय शिक्षक खगिन्द्रराज बास्तोलाले जानकारी दिनुभयो । माघको सुरुदेखि नै विदेशी पदयात्री खुम्बु आउन थालेपछि उनीहरुको सहयोगी, गाइड र कुकको रुपमा नेपालीहरुसमेत खुम्बु जान थालेका छन् ।

यसैबीच, माघ महिनामा १ हजार १ सय ९२ जना विदेशी पर्यटकहरूले खुम्बु क्षेत्रको भ्रमण गरेका छ्न । जसमध्ये चीनका २ सय १०, साउथ कोरियाका १ सय २० र अमेरिकाका १ सय ११ जना पर्यटकहरु भ्रमणमा आएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । सबैभन्दा कम अर्जेन्टिना र स्लोभानीयाबाट १र१ जना पर्यटक सगरमाथा क्षेत्रको भ्रमणका क्रममा आएको प्रहरीले जनाएको छ ।

तथ्यांक अनुसार आर्थिक वर्ष ०७०र७१ मा ८ सय १२, ०७१ ÷७२ मा ६ सय ९३ र ०७२ ÷०७३ मा १ हजार २६ र ०७३ ÷७४ को माघ महिनामा १ हजार ६४ जना पर्यटकले खुम्बु क्षेत्रकोे भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।