Digital Newspaper of Nepal
| Monday, 10 December 2018
Subscribe Google+
Smart 4G

अरुणान्चल प्रदेशको मुख्यमन्त्रीको निमन्त्रणमा लायन्स टोली भ्रमणमा

NIC Bank, Long AD

February 23, 2018

काठमाडौं । भारतको अरुणान्चल प्रदेशका मुख्यमन्त्री प्रेम खान्डु थुङगानको निमन्त्रणमा लायन्स क्लव अफ काठमाडौं एभरेष्ट हाइटको टोली शुक्रवार अरुणान्चल भ्रमणको लागि भारत प्रस्थान गरेको छ । लायन्स क्लव अफ काठमाडौं एभरेष्ट हाइट अध्यक्ष मोहनकृष्ण श्रेष्ठ तथा क्लबकै उपाध्यक्ष एवम् समाजसेवी रमेश खड्काले नेतृत्व गर्नुभएको भ्रमण टोलीले अरुणान्चलको विकास र समृद्धिका साथै नेपालमा त्यहाँबाट सिक्न सक्ने कुराहरुको अध्ययन तथा अवलोकन गर्नैछ । टोलीमा क्लवको तर्फबाट केशव पुरी,सन्जय ढकाल, नारायण डंगोल, कुमार दाहाल, ज्याक अवाले, विवेक कार्की लगायत छन् । भ्रमण सकेर टोली मार्च ३ तारिक काठमाडौं फर्कने छ । भ्रमण टोलीलाई क्लवका तर्फबाट हरिहर ढुंगाना लगायतका पदाधिकारीहरुले विदाई गर्नुभएको थियो ।