Digital Newspaper of Nepal
| Sunday, 16 December 2018
Subscribe Google+
Smart 4G

बीएण्डसी अस्पतालले क्यान्सरका अत्याधुनिक उपकरण भित्र्याउने

NIC Bank, Long AD

February 28, 2018

झापा । झापाको बिर्तामोडस्थित बिएण्डसी शिक्षण अस्पतालले आगामी असारदेखि सन्चालनमा ल्याउन लागेको पूर्वान्चल क्यान्सर अस्पताल प्रालिले अत्याधुनिक उपकरण भित्र्याउने भएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईं र भेरियन्स मेडिकल्स सिस्टमका दक्षिण एसिया म्यानेजर बिनित गुप्ता तथा आनन्दकुमार सिंहबीच अत्याधुनिक उपकरण ल्याउने विषयमा सम्झौता भएको हो।

अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा दक्षिण एशियामै पहिलोपटक अत्याधुनिक उपकरण भित्र्याउन लागिएको दाबी गर्दै अब क्यान्सरका बिरामीले उपचारका लागि विदेश जानु नपर्ने बताए।

अमेरिकामै छ महिना अगाडि सुरु गरिएको हेल्सियोन र ट्रोबिम, फोर डी सिटी स्क्यान र डिजिटल मेमोग्राम मेसिन, ब्रेकी थेरापी अस्पतालले भित्र्याउन लागेको हो । हेल्सियोन मेसिन भारतमासमेत नभएको उक्त कम्पनीका म्यानेजर विनित गुप्ताले जानकारी दिए । उक्त मेसिन ल्याउन अस्पतालले ९० करोड रुपैंयाँमा सम्झौता गरेको कार्यकारी निर्देशक प्रसार्इंले बताए।

३ सय सैयाको अस्पतालले सबै प्रकारको क्यान्सरको उपचार गर्ने बिएण्डसी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा। वीरेन्द्रकुमार यादवले जानकारी दिए । यी उपकरण आएपछि क्यान्सरको रेडियसन लगाउने र कुन चरणको क्यान्सर लागेको भन्नेबारे त्यसैअनुसार उपचार थाल्ने उनले बताए । डा। यादवले यी उपकरण आएपछि ३ दिनदेखि ५ दिन भित्रमा क्यान्सरको उपचार हुने र महिनौंसम्म अस्पतालमा बस्नु नपर्ने जानकारी दिएका छन्।

पूर्वान्चल क्यान्सर अस्पताल आगामी असारबाट सेवा सुरु गर्ने लक्ष्यका साथ निर्माण भइरहेको र चार महिनाभित्र सम्पूर्ण उपकरणसमेत आइसक्ने अस्पतालले जनाएको छ।

बिभिन्न विशेषज्ञ सेवासहित उपचार गर्दै आएको अस्पतालले क्यान्सरको मात्रै छुट्टै अस्पताल नै सञ्चालमा ल्याउन लागेको अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले जानकारी दिए । हाल झापासहित इलाम, पाँचथर, ताप्लेजुङ्ग, मोरङ्ग, सुनसरी तथा भारतका बिभिन्न स्थानबाट उपचारका लागि बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ।