Digital Newspaper of Nepal
| Tuesday, 22 May 2018
Subscribe Google+
Smart 4G

कल्याण श्रेष्ठ आफैले प्रमाणित गरेको कागज आफैले उल्टाए

NIC Bank, Long AD

March 5, 2018

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रलाई सही (सक्कल) भएको प्रमाणित करीब ३९ वर्षअघि सर्वोच्च अदालतका तत्कालीन शाखा अधिकृत कल्याण श्रेष्ठ (जो पछि प्रधानन्यायाधीश भए) ले गरेको खुलासा भएको छ । प्रधानन्यायाधीश पराजुली हाल उनको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा उल्लेखित जन्ममिति लगायतका विवरण विवादास्पद भएको आरोप झेलिरहेका छन् । श्रेष्ठ विभिन्न चरण पार गर्दै प्रधानन्यायाधीश भएर अढाइ वर्षअघि सेवानिवृत्त भइसकेका छन् ।

हालका प्रधानन्यायाधीश गोपाल पराजुलीले अधिवक्ताको इजाजत पत्र (लाइसेन्स) पाऊँ भनी २०३६ साल असार २७ गते सर्वोच्च अदालतमा निवेदन दिएको देखिन्छ ।

उक्त निवेदन सर्वोच्चमा त्यतिबेला शाखा अधिकृतका रूपमा कार्यरत कल्याण श्रेष्ठको टेबलमा पुगेको देखिन्छ । श्रेष्ठले पराजुलीको नागरिकताको प्रमाणपत्र र अन्य शैक्षिक योग्यताका प्रमाणपत्र रुजु गरि असार २७ गते नै पराजुलीका नागरिकता, शैक्षिक योग्यता लगायत समावेश भएको फाइल सदर गरेको प्रमाणबाट खुलेको हो ।

‘गोपाल पराजुलीलाई म राम्रोसँग चिन्दछु । निजको चरित्र राम्रो छ’ भनेर श्रेष्ठले पराजुलीको फाइल सदर गरि र अधिवक्ताको इजाजतपत्रका लागि सिफारिश गरेको कागजबाट खुलेको हो । श्रेष्ठको सिफारिशमा सर्वोच्चका तत्कालीन रजिस्ट्रार हरगोविन्दसिंह प्रधानले २०३६ साल भदौ ३ गते पराजुलीलाई अधिवक्ताको लाइसेन्सको प्रमाणपत्र दिएको देखिन्छ ।

यो विवरणअनुसार सर्वोच्च अदालतको शाखा अधिकृतको हैसियतमा कार्यरत कल्याण श्रेष्ठले पराजुलीले पेश गरेको नागरिकता र शैक्षिक योग्यताका कागजात रुजु गरी ठीक ठहर गर्दै अधिवक्ताको लाइसेन्स दिने फाइल सदर गर्दै निर्णयमा हस्ताक्षर गरेको भेटिएको हो । अहिले बार काउन्सिलले अधिवक्ताको लाइसेन्स प्रदान गर्छ । यतिबेला अहिलेजस्तो बार काउन्सिल थिएन । अधिवक्ताको लाइसेन्स प्राप्तिका लागि सर्वोच्चमा आफ्नो नागरिकता तथा शैक्षिक योग्यताका प्रमाणपत्र पेश गर्नुपर्ने कानूनी व्यवस्था थियो ।

त्यही कानूनी प्रावधानमा टेकेर पराजुलीले सर्वोच्चमा निवेदन दिएको, उनको फाइललाई श्रेष्ठले अध्ययन गरेको, पराजुलीले पेश गरेका नागरिकता र प्रमाणपत्र सबै ठीक छन् भनेर हस्ताक्षर गरी अधिवक्ताको लाइसेन्स दिन सिफारिश गरेको अभिलेखमा भेटिएको हो ।

स्रोतहरुको दावी छ गोपाल पराजुलीलाई वद्नाम गराउन र कागजात उल्टाउन कल्याण श्रेष्ठले नै शुरु गरेका थिए । र, उनकै निर्देशन अनुसार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की समेत प्रयोग भएकी थिइन् ।

आफैले पढाउँने त्रिविको बोर्डलाई गोविन्द केसीले मान्ने कि नमान्ने ?

 

लामो समयदेखि प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर बिवादलाई उठाउँदै आएका डाक्टर गोविन्द केसी सामु अर्को गभ्भीर प्रश्न खडा भएको छ ।

त्रिभुवन विश्वविद्यालय नेपालमा मात्रै नभई विश्वमै उदारणीय मानिन्छ र उसको शैक्षिक प्रमाणपत्रलाई विश्वभरि मान्यता दिइएको छ तर त्यही त्रिभुवन विश्व विद्यालय अन्र्तगत रहेर काम गरिरहेका डा. केसीले त्रिभुवन विश्वविद्यालयलाइए नै चुनौति दिइरहेको प्रमाण फेला परेको हो । प्रधानन्यायाधीश पराजुलीले २०२८ साल जेठ २५ गते चितवनस्थित शारदा माविबाट कक्षा १० उतिर्ण गरेका हुन् । तर, अहिले उनले एसएलसी परिक्षा नै शारदा माविबाट उतिर्ण गरेको भनि भ्रामक प्रचार गरिएको छ । शारदा माविले दिएको चारित्रिक प्रमाणपत्र हेर्नुहोस् ।

कक्षा १० शारदा माविबाट उतिर्ण गरि पराजुलीले त्रिवि अन्र्तगत रहेको वोर्डबाट नै प्रवेशिका परिक्षा उतिर्ण भएका थिए । नेपाल राष्ट्रिय विद्यापीठबाट पराजुलीले २०२९ सालमा एसएलसी परिक्षा पास गरेका हुन् जहाँ उनको क्रमसंख्या ११७ देखिन्छ जुन यसअघि शारदा माविमा पनि एउटै छ । नेपाल राष्ट्रिय विद्यापीठ तत्कालीन अवस्थामा त्रिभुवन विश्व विद्यालय अन्र्तगत थियो ।

२००८ सालमा शुरु भएको यो बोर्ड २०३२ सालमा मात्रै खारेज भएको हो । तर, पराजुलीले २०२९ सालमा प्रवेशिका परिक्षा पास गरेको देखिन्छ । यो तथ्यलाई चुनौति दिनु भएको त्रिभुवन विश्व विद्यालयलाई नै चुनौति दिनु भएको शिक्षाविद्हरु बताउँछन् । त्रिभुवन विश्व विद्यालय अन्र्तगत रहेको वोर्डलाई चुनौति दिनु भनेको केसीले आफैले पढाउँने विश्वविद्यालयलाई चुनौति दिनु भएको जानकारहरु बताउँछन् ।