Digital Newspaper of Nepal
| Tuesday, 21 August 2018
Subscribe Google+
Smart 4G

जलविद्युत आयोजनाद्धारा ५ करोड मुआब्जा वितरण

NIC Bank, Long AD

March 7, 2018

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–१, मैलुङमा निर्माण हुन लागेको माथिल्लो त्रिशुली –१, जलविद्युत आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गरेको छ ।

३३ महिनाअघि गएको भूकम्पले मैलुङस्थित आयोजनाको कार्यालय पूर्ण क्षति गरेपछि आयोजनाले ४१ रोपनी जग्गा खरिद गरेको थियो । भूकम्पका कारण झरेको पहिरोले संरचना पूर्ण क्षति पु¥याउनुको साथै जोखिम बढेपछि सुरक्षित स्थानमा जग्गा खरिद गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाका साइड इन्चार्ज एंवम जनसम्पर्क अधिकृत सुमन भट्टले जग्गा खरिद गरिएको ७ परिवारलाई करिब ५ करोड मुआब्जा वितरण गरिएको बताउनुभयो । नेपाल वाटर एण्ड डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको आयोजनाको विद्युत खरिद सम्झौता पिपिए भइसकेको छ । २ सय १६ मेगावट क्षमताको यो आयोजनाको अनुमानित लागत २० अर्ब रुपयाँ छ ।

आयोजनाले दिएको जानकारी अनुसार आयोजनाले अहिले वित्तीय व्यवस्थापन गर्ने कार्य गरिरहेको छ । वित्तिय व्यवस्थापन गर्ने कार्य सेप्टेम्बरसम्ममा सकिने र निर्माण प्रक्रिया सुरु हुने आयोजनाका जनसम्पर्क अधिकृत भट्टले जानकारी दिनुभयो । अबको दुई हप्तापछि आवश्यक पूर्वाधारको काम सुरु हुने बताइएको छ ।

कोरियन कम्पनीहरु, विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम आइएफसी र नेपाली लगानीकर्ताको लगानी रहने आयोजनाले जनाएको छ । यो आयोजना करिब ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।