Digital Newspaper of Nepal
| Saturday, 22 September 2018
Subscribe Google+
Smart 4G

आगामी ५ वर्ष नेपालको विकासमा जोड दिने : प्रधानमन्त्री ओली

NIC Bank, Long AD

March 8, 2018

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ५ वर्ष नेपालको विकासका लागि असाधरण समय हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको बिहिबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी ५ वर्षमा नेपालले असाधारण विकासको फड्को मार्ने बताएका हुन्।

५ वर्षको समय आधा दशकको समय भएपनि त्यो समय सफलता,परिवर्तन र उपलब्धीको समय हुने उनको भनाइ थियो। नेपालको बढ्दो व्यापार घाटालाई सरकारले तत्काल सल्ट्याउन नसकेपनि अनपेक्षित सुधार ल्याउने प्रतिबद्धता उनले जनाए।

उनले शान्ति,स्थायित्व र सम्वृद्धिका लागि सरकारले सम्पूर्ण प्रयास केन्द्रीत गर्ने बताए।

प्रधानमन्त्री ओलीले सरकारका सम्पूर्ण प्रयास उत्पादन वृद्धि, आकर्षक रोजगारी र आकर्षक अवसरका लागि केन्द्रीत हुने बताए। कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले चालू घाटा कम गर्नका लागि सरकारले निर्यात प्रर्वद्धनलाई प्रमुख प्राथमिकता जोड दिनुपर्ने बताए।

निजिक्षेत्र संगको सहकार्यमा निर्यात प्रर्वद्धन गर्नुपर्ने भएकाले त्यसका लागि अनुकुल वातावरण बनाउने प्रयासमा सरकार लागेको उनले स्पष्ट पारे।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले राम्रो काम गर्ने उद्योगी व्यवसायीहरुका लागि अनुकूल वातावरण बन्ने आश्वासन दिए।