Digital Newspaper of Nepal
| Wednesday, 20 June 2018
Subscribe Google+
Smart 4G

१ सय ८ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

NIC Bank, Long AD

March 8, 2018

काठमाडौं । आज १ सय ८ औं अन्तर्राष्ट्रिय नारी दिवस, प्रेस फोर प्रोगेश भन्ने अन्तर्राष्ट्रिय नारासहित मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइएको छ।

दिवसको अवसरमा महिला अधिकारको पक्षमा वकालत गर्दै आएका विभिन्न संघ संस्थाले प्रभातफेरी, गोष्ठी र अन्तर्क्रिया गरेर महिलामाथि भइरहेका हिंसा र विभेदमाथि बहस गरेका छन्।

दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले बिहान प्रभातफेरी गरेको छ। सो क्रममा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महिलालाई सशक्त रूपमा अघि बढ्न आह्वान गरे। महिला अघि नबढेसम्म देश विकास हुन नसक्ने भन्दै उनले घरबाहिरको भूमिकामा सक्रिय हुन आग्रह गरे।

मार्च ८ का दिन मनाइने नारी दिवस राजनीतिक अधिकार प्राप्तिको आन्दोलनबाट सुरू भएको इतिहास छ। नेपालमा पछिल्लो समय संविधानले नै गरेको व्यवस्थाका कारण महिला अधिकारको विषय सशक्त रूपमा स्थापित भएको देखिन्छ।

संघीय संरचनामा केन्द्रदेखि स्थानीय तहसम्मका संरचनामा प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनैपर्ने बाध्यकारी व्यवस्थाले राज्यका सबै निकायमा महिलाको पहुँच पुर्याएको छ। महिलाका लागि संविधानले नै समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक लगायतका मौलिकहरूको प्रत्याभूति गरेको छ।

पछिल्ला दिनमा राष्ट्रप्रमुख जस्तो महत्वपूर्ण पदमा महिला रहेको विश्वका केही सीमित मुलुकहरूको सूचीमा नेपालले आफूलाई उभ्याउँदै आएको छ। सन् १९०८ को मार्च ८ का दिन अमेरिकाको एउटा कपडा कारखानामा काम गर्ने महिलाहरू आफूमाथि भएको शोषण, असमान ज्याला र पुरुषले भन्दा धेरै समय काम गर्नुपरेको भन्दै आन्दोलनमा उत्रिए। त्यो आन्दोलनको प्रेरणामा विश्वका विभिन्न मुलुकका महिलाहरूको २ वर्षपछि डेनमार्कको कोपेनहेगनमा सम्मेलन भयो। कोपेनहेगन सम्मेलनले गरेको निर्णय अनुसार सन् १९११ देखि मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाउन थालिएको हो।