Digital Newspaper of Nepal
| Sunday, 16 December 2018
Subscribe Google+
Smart 4G

सभामुखमा कृष्णबहादुर महराको उम्मेदवारी दर्ता

NIC Bank, Long AD

उपसभामुख छाड्न वाम गठबन्धनलाई कांग्रेसको आग्रह

March 9, 2018

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।

माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उम्मेदवारी दर्ताका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ ।

महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताए । साथै उनले प्रमुख विपक्षी नेपाली कांग्रेससहितका दलको समर्थन पाउने विश्वास व्यक्त गरे ।
कांग्रेसको आग्रह
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ ।

सत्तारुढ गठबन्धनबाट माओवादी सांसद कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गरेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभामुखमा महराविरुद्ध उम्मेदवार नउठाइने बताए ।

महरातर्फ संकेत गर्दै उनले भनेका छन्, ‘सभामुखको सालिन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद र संसदीय पद्धतिको गरिमा अभिवृद्धि हुने विश्वास लिएका छौं ।’

कांग्रेसले राष्ट्रपतिमा विद्या भण्डारीविरुद्ध कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ ।

भण्डारीको पहिलो कार्यकालको भूमिका सन्तुलित नभएकाले हार निश्चित हुँदा हुँदै आफ्नो असहमति दर्ज गर्न उम्मेदवारी दिनु परेको उसको तर्क छ ।