Digital Newspaper of Nepal
| Saturday, 22 September 2018
Subscribe Google+
Smart 4G

प्रधानमन्त्रीबाट वीर अस्पतालको सर्जिकल भवनको शिलान्यास

NIC Bank, Long AD

March 9, 2018

काठमाडौं । वीर अस्पतालको सर्जिकल भवनको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका हुन् ।

कुल लागत २ अर्व २६ करोड रुपैयाँ लागतमा दुई वर्ष भित्रमा निर्माण सम्पन्न गरिने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०ले जनाएको छ ।

६५० बेड सहितको उक्त भवन सात तल्लाको हुनेछ, जसमा सबै किसिमका सर्जिकल कामहरु हुनेछ ।

भवन निर्माणमा लाग्ने सम्पूण खर्च नेपाल सरकारको लगानीमा रहने छ ।

वीर अस्पताल अगाडि रहेको क्वार्टर र नर्सिङ भवन भूकम्पले क्षतिग्रस्त भएपछि त्यहाँ सर्जिकल भवन बनाउन लागिएको हो ।

२०७४ फागुन २५ गते ११स्१८ मा प्रकाशित