Digital Newspaper of Nepal
| Saturday, 22 September 2018
Subscribe Google+
Smart 4G

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई भेट्न तयार

NIC Bank, Long AD

March 9, 2018

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ताका लागि तयार हुनुभएको छ । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयू योङले ह्वाइटहाउसमा भन्नुभयो, ‘ मेमा राष्ट्रपति ट्रम्पले किम जोङ उनलाई भेट्नु हुनेछ ।’चुङले किम जोङ उनले भविष्यमा परमाणु बम तथा मिसाइलको परीक्षणसमेत नगर्ने आश्वासन दिएको बताउनुभयो ।

यो अप्रत्याशित घोषणा दक्षिण कोरियाली प्रतिनिधिमण्डलले उत्तर कोरियाली नेतासँग गरेको कुराकानीपछि आएको हो ।

एउटा प्रेस कन्फेरेन्समा दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङले भन्नुभयो, ‘हामीले राष्ट्रपति ट्रम्पलाई भन्यौँ कि भेटघाटको समयमा किम जोङ उन निसश्त्रीकरणका लागि प्रतिवद्ध हुनुहुन्छ । राष्ट्रपति ट्रम्पले त्यसपछि मेमा किमसँग भेटेर स्थायी रुपमा नै निसश्त्रीकरण हासिल गर्न चाहेको बताउनुभयो ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले पनि भेटका बारेमा ट्वीटरमार्फत पुष्टि गर्नुभएको छ । तर उहाँले अमेरिकाले लगाएको आर्थिक नाकाबन्दी भने कायम नै रहने बताउनुभएको छ । उहाँले आधिकारि सम्झौता नभएसङ्ग अमेरिकी नाकाबन्दी कायम नै रहने दोहोर्‍याउनु भएको छ ।

उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्धमा शीतकालीन ओलम्पिकपछि सुधार आएको छ ।