Digital Newspaper of Nepal
| Tuesday, 22 May 2018
Subscribe Google+
Smart 4G

नेपालको ओडीआई पाउने सम्भावना जित्नै पर्ने दभाव

NIC Bank, Long AD

March 9, 2018

काठमाडौं । आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्व कप २०१९ को लागि जिम्बाबेमा फागुन २० देखि छनोट प्रतियोगिता जारी छ।

नेपाल सहित १० राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट हुने २ टिमले वान डे विश्वकप खेल्नेछन्। यस्तै प्रतियोगिताबाट उत्कृष्ट(३ एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनेछन्।

समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन्। समूह बी मा नेपालसहित हङकङ, अपगानिस्तान, जिम्बाम्बे र स्कटल्याण्ड छन्।

दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन्। सुपर सिक्समा लिग खेल हुनेछन्। शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन्।

एकदिवसीय वरियताका शीर्ष ८ टिम विश्वकपमा स्वतस् छनोट भइसकेका छन्। छनोट प्रतियोगिताबाट २ र स्वतस् छनोट भएका ८ गरी १० टिमबीच आगामी वर्ष विश्वकपमा प्रतिस्पर्धा हुनेछ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिववसीय मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्।

अब नेपाललले मान्यता पाउनका लागि चार वटा फूल मेम्बर ९वेष्टइन्डिज, अफगानिस्तान, आयरल्याण्ड र जिम्बाम्बे० र नेदरल्याण्डदेखि बाहेकका घटीमा दुई वटा टोली भन्दा माथि रहेर यो प्रतियोगिता अन्त्य गर्नुपर्नेछ।