Digital Newspaper of Nepal
| Saturday, 19 January 2019

महराले प्रतिनिधिसभाको सभामुखमा शपथ लिए

March 11, 2018

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन भएका माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरालाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ दिलाएकी छिन् ।
दाङ–२ बाट निर्वाचित सांसद महराले राष्ट्रपति भवन शितल निवासमा शपथ लिएका हुन्। उनलाई शनिबार बसेको संसद् बैठकले संघीय संसद्को पहिलो सभामुखमा निर्वाचित गरेको थियो। शपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली लगायत मन्त्रीहरु तथा नेपाल सरकारका विशिष्ठ अधिकारीहरुको अपस्थिति थियो।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले महरा निर्विरोध निर्वाचित भएको घोषणा बैठकमा गरेका थिए। अरू कसैले उम्मेदवारी नदिएपछि वाम गठबन्धनका उम्मेदवार महरा निर्विरोध भएका थिए।