Digital Newspaper of Nepal
| Tuesday, 22 May 2018
Subscribe Google+
Smart 4G

राष्ट्रिय मकैबाली अनुसन्धानबाट मकैका २६ जात विउ सिफारिस

NIC Bank, Long AD

March 11, 2018

चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले २६ जातको मकैको विउ सिफारिस गरेको छ । अहिलेसम्म ३२ जात सिफरिस गरिएकोमा ६ जातलाई सूचिबाट हटाइएको छ । मकैवाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुँवरले अहिले नेपालमा ९स्थानीय० ३२ जातका र बहुराष्ट्रिय कम्पनीका ९हाइब्रिड० ५४ जातका मकैका विउ सिफारिस गरिएकोमा ६ जातलाई सूचीवाट हटाइएको बताउनुभयो ।
‘अहिले सम्म ३२ जातका विउ सिफारीस गरिएपनि २६ जात प्रयोगमा छ’ उहाँले भन्नुभयो ‘चलनचल्तीमा नआएका र धेरै पुरानो भएकाले ६ जात सूचिकृतबाट हटेको छ ।’ सूचिकृतबाट हटेका जातहरुमा हेटौँडा कम्पोजिट, सर्लाही सेतो, ककनी पहेँलो, रामपुर पँहेलो, जानकी र मकालु दुई रहेका छन् ।

नेपालभर मकैको जात सिफारिस गरेर किसानलाई सहयोग पु¥याउने काम मकैवाली अनुसन्धान कार्यक्रम रामपुरले गर्दै आएको छ । मकैमा आधारित खेती प्रणालीको विकास गर्न मकैबाली कार्यक्रम सञ्चालनमा आएको जानकारी दिदै कुंवरले मकैबाली कार्यक्रम सिफारिस गरिने जातको प्रजनन र मूल विउको स्रोत केन्द्रको रूपमा रहेको बताउनुभयो ।
बहुराष्ट्रिय कम्पनीका उन्नत विउ भने किसानले निजी विउ कम्पनीहरूबाट पाउनेछन् । विउबिजन गुणस्तर नियन्त्रण केन्द्रले यसको ट्यागिङ र ब्यागिङको काम गर्दै आएको जानकारी दिँदै उहाँले निजी कम्पनी र विउ उत्पादन समूहले मूल विउ लगेर उन्नत विउ उत्पादन गरी किसानलाई उपलब्ध गराउँदै आएको बताउनुभयो ।
हाइब्रिड जात आठदेखि १० टन प्रतिहेक्टर उत्पादन हुन्छ भने खुल्ला सेचित जातको उत्पादन औसत दुई दशमलव पाँच टन प्रतिहेक्टरमात्र रहेको छ । चितवन जिल्ला पनि मकै उत्पादनका लागि उर्वर जिल्लामा गनिन्छ । वर्षमा तीन बाली मकै उत्पादन हुने गर्छ । जिल्लामा कुल मकै लगाइने २५ हजार हेक्टरमध्ये आठ हजार हेक्टरमा हाइब्रिड जातको मकै लगाइने गरेको छ ।
उत्पादनले पुग्दैन मकै
कृषि प्रधानमुलुक भनिए पनि नेपाल मकैमा आत्मनिर्भर हुन सकेको छैन् । नेपालमा उत्पादन भएको मकैले नेपाललाई नै पुग्दैन । अझै पनि ५० प्रतिशत मकै बाहिरबाट नेपालमा आयात भइरहेको तथ्यांकले देखाएको छ ।
मकैलाई उन्नत तरिकाले खेती गर्ने प्रणलीको विकास नहुनु र उन्नत जातको विउको विकास नभएका कारण नेपालमा मकैको उत्पादन कम हुने गरेको कृषि प्राविधिकहरु बताउँछन् । मकै उत्पादनमा अहिले पनि कृषकहरु पुरानै प्रविधिमा केन्द्रित हुने गरेका कारण उत्पादन सोचे जस्तो हुन नसकेको बताउँदै कुँवरले नेपालमा कुखुरा पालनमा दानाको रुपमा मकैको प्रयोग व्यापक रहेका कारण मकैको माग बढेको जानकारी दिनुभयो ।
नेपालमा खाइने खाध्यान्न मध्ये २६ प्रतिशत खाध्यान्न मकैले पूर्ति गर्दै आएको छ । नेपालमा मकैको उत्पादकत्व प्रति हेक्टर २ हजार ५ सय १ किलो रहेको छ । देशभरीकै उत्पादन क्षमता प्रति हेक्टर २ दशमलव ५ मेट्रिक टन मात्र रहेको छ । क्षेत्रगत रुपमा हेर्दा नेपालको तराईमा १७ दशमलव ७९ प्रतिशत, उच्च पहाडमा ११ दशमलव ३२ प्रतिशत र मध्य पहाडमा ७० दशमलव ८९ प्रतिशत भूभागमा मकै खेति हुँदै आएको छ ।

नेपालमा ८ लाख ७१ हजार हेक्टर क्षेत्रमा मकै लगाउने गरिएको भए पनि व्यवसायिक रुपमा मकै खेती कमै हुने गरेको छ । नेपालमा वार्षिक २१ लाख टन मकै उत्पादन हुँदै आएको राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र रामपुरको तथ्यांकमा उल्लेख गरिएको छ ।