Digital Newspaper of Nepal
| Tuesday, 21 August 2018
Subscribe Google+
Smart 4G

प्रधानमन्त्री ओलीलाई दुई तिहाईभन्दा बढी विश्वसको मत, पक्षमा २०८ र विपक्षमा ६० सांसद, राजपा र संघीय समाजवादी पनि प्रधानमन्त्रीको पक्षमा

NIC Bank, Long AD

March 11, 2018

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको छ । आज साँझ प्रतिनिधिसभामा मत विभाजन हुँदा प्रधानमन्त्रीको पक्षमा दुई तिहाईभन्दा बढी मत परेको हो ।

प्रधानमन्त्री ओलीलाई वाम गठबन्धनसहित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसहित २ स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । मतदानमा २६८ सांसद उपस्थित हुँदा प्रधानमन्त्रीको पक्षमा २०८ र विपक्षमा ६० मत परेको हो । विपक्षमा नेपाली कांग्रेसका ६३ मध्ये ६० सदस्यको मात्रै मत परेको हो ।
स्वतन्त्र सांसद राजेन्द्र लिङदेन, दुर्गा पौडेल र छक्कबहादुर लामाले पनि पक्षमा मतदान गरेका हुन् । स्वतन्त्र सांसद डा. बाबुराम भट्टराई अनुपस्थित रहँदा प्रेम सुवाल मतदानमा सहभागि भएनन् ।

संविधानको धारा ७६ (४) मा नियुक्त भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले फागुन ३ गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिनुभएको हो । प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संविधानिक व्यवस्था छ ।