Digital Newspaper of Nepal
| Monday, 19 November 2018
Subscribe Google+
Smart 4G

अदालतको मानहानीमा चोलेन्द्रलाई दण्डित गर्नुपर्ने संविधानविदको प्रतिक्रिया

NIC Bank, Long AD

March 13, 2018

काठमाडौं । न्यायाधीश चोलेन्द्रले बेञ्च बहिस्कार गरेको घटनालाई केही वकिलले ‘ठूलो घटना’ भएको भन्दै प्रधानन्यायाधीश पराजुलीले मुद्दाको पेशी तोक्नै नमिल्ने र यसमा संसदको ध्यान जानुपर्ने प्रतिक्रिया जनाएका छन ।
सोमबार सर्वोच्च अदालतमा कान्तिपुर दैनिकको मुद्दामा इजलास बस्नै लाग्दा न्यायाधीश चोलेन्द्रसमशेर राणाले एउटा लिखित वक्तव्य पढ्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश गत साउनमै भइसकेकाले उनको इजलासमा नबस्ने भनेर बेञ्च बहिस्कार गरेका थिए ।
संविधानविद भीमार्जुन आचार्यले संचार माध्यमलाई प्रतिक्रिया दिँदै यात चोलेन्द्रलाई दण्डित गरिनुपर्छ, या प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व छाड्नुपर्छ भन्ने जिकिर गरे ।
उता संचार माध्यमलाई सोमबार दिएको अन्तरवार्तामा अर्का कानूनविद अधिवक्ता टीकाराम भट्टराईले भने अब प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने, अन्यथा संसदको ध्यान आकृष्ट हुने प्रतिक्रिया दिए ।

चोलेन्द्रले बेञ्च बहिस्कारको घोषणा गर्नु न्यायिक परम्परा विपरीत भएको आवाज उठ्यो र उनीमाथि अदालतको मानहानी गरेको आरोपमा मुद्दा चलाउनेबारे प्रधानन्यायाधीश पराजुलीले छलफल सुरु भएको छ ।
सर्वोच्च अदालतमा उत्पन्न परिस्थितिबारे प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि सजिलो छैन । सोमबारको घटनापछि मंगलबार केही न्यायाधीशका इजलास दिउँसो अबेरसम्म बस्न सकेका छैनन् ।