Digital Newspaper of Nepal
| Tuesday, 21 August 2018
Subscribe Google+
Smart 4G

सीक्युरीटीमा अवसर, रोजगारी पहुँच

NIC Bank, Long AD

March 13, 2018

काठमाडौं । सुरक्षा राज्यको मात्र दाहित्व होईन यो हरेक नागरिकको सुरक्षा दिनु र सुरक्षित रहनु उत्तिकै अत्यावश्यक कुरा हो । नेपालको संविधानले मौलिक हकको रुपमा सामाजिक सुरक्षाको हक पनि समावेश गरि सुरक्षा जस्तो संवेदनशिलतालाई उच्च प्राथमिकतामा रोखेको छ । व्यतिmगत, सामाजिक र व्यवसाहिक सुरक्षा गर्नुका साथ साथै अनुशासित र नियम पालना गराउन नेपालमा पनि सीक्युरीटी कम्पनीहरुले तालिम प्रदान गरी विभिन्न क्षेत्रमा कामदारहरुलाई अवसर दिएको छ ।
आधारभुत अधिकारको रुपमा सुरक्षालाई विशेष महत्व राख्दै सुरक्षित वातावरण सिर्जना गर्ने, आदर देखाउन, सामान्य परार्मश गाईडको भुमिका निर्वाह गरि नियम र अनुसाशनको वातावरण सिर्जना गर्न सीक्युरीटी कम्पनीबाट तालिम प्राप्त गार्डहरु प्रतिबद्ध रहेको पाईन्छ । जहाँ सबै समुदायका सदस्यहरू शारिरिक र मानसिकरुपमा उत्कृष्टता, नागरिक व्यवहार , र सामाजिक दक्षता प्रवर्द्धन गर्न संगै काम गर्दछन् ।
नियम कानुनको पालना र समान पद्धतिको व्यवस्था गर्नका लागि नेपालमा पनि जि फोर्स, जि फोर, लाहुरे, गरुड, लालिगुराँस जस्ता एक दर्जन भन्दा बढि सीक्युरीटी कम्पनिहरुले विभिन्न तालिम दिएर दक्ष र सवल नागरिकहरुलाई रोजगारीमा पहुँच पु¥याएको छ भने भौतिक, सामाजिक र निजि सम्पतिको सुरक्षा आफनो सेवा दिएको छ ।
सरकारी गैर सरकारी सबै जसो बैक, वित्तिय संघ संस्थाहरु, निजि व्यवसायहरुमा समेत सामाजिक र निजि सम्पतिको सुरक्षामा पाचँ हजार भन्दा बढि व्यक्तीहरु विभिन्न तालिम प्राप्त गरि सीक्युरीटी गार्डको अवसर पाएका छन । एका तिर आर्थिक रूपले कमजोर रहेका त्यस्ता नागरिकहरुले अवसर पाएका छन भने अर्का ति समाजमा हिन्सा, चोरी लुटपाट जस्ता सामान्य प्रकृतिका घटनाहरुको समाधान भई शान्ति र सुरक्षा कायम भएको छ ।
प्रत्येक समय मनोवैज्ञानिक र शारीरिक दुवै सुरक्षामा रेखदेख, नजर राख्न र संभावित खतरा जस्ता घटनाहरूमा जिम्मेवारपुर्ण समाधानका लागि पछिल्लो समय झन जटिल हुदै गएको छ । जसका कारण विभिन्न समस्याहरु देखिन थालेका छन ।
परम्परागत रुपको तालिम र शैली
सीक्युरीटी कम्पनिले उत्पादन गर्ने जनशक्ति र तालिम परम्परागत नै भएको गुनासो पनि आईरहेका सुनिन्छन । हरेक समय चनाखो रहि रेखदेख र नजर राख्न साथै संभावित खतरा र जटिल अवस्थालाई रणनीतिक रुपमा समाधानका लागि सामान्य र परम्परागत रुपको तालिमले मात्र अर्पाप्त देखिन्छ । तालिम र शैलीमा समयानुकुल परिर्वतन गर्नु आजको आवश्यकता देखिन्छ ।
प्रविधिहरु संग कम जानकार
यो सुचना र सञ्चारको समय रहेकाले उनिहरुलाई आधुनिक प्रविधि र सुचनाका विषयमा पनि जानकारी गराई यसको प्रयोग गरि सुरक्षाका विषयमा चनाखो गराउनु पर्ने देखिन्छ ।
बद्ढो आर्कषर्ण, सुविधा कम
पछिल्लो समय सीक्युरीटी गार्डको अवसर धेरै देखिए पनि उनिहरुको आर्कषर्ण, सुविधा कमी भएको पाईन्छ । यसले उनिहरु मानसिकरुपमा पुर्ण एकाग्र हुन नसकेका कारणले पनि सुरक्षा जस्तो संवेदनशिल विषयमा कमि आएको पाईन्छ । बद्ढो आर्कषणलाई मध्यनजर गदै उनिहरुका सेवा, सुविधाहरुलाई पनि ध्यानदिनु जरुरी छ ।
संकट घटनाहरूका लागि पूर्वतयारी
कुनै बेला भई पर्ने र आउने संकट र घटनाहरुका बोरमा अत्यन्तै रणनीतिकरुपमा समाधानका लागि उनिहरुलाई बेला बेलामा नयाँ नयाँ तालिम, नैतिक शिक्षा, जानकारी गराउदै उनिहरुलाई थप जिम्वेवारी र सक्षम पनि बनाउनु आजको आवश्यकता छ ।