Digital Newspaper of Nepal
| Sunday, 16 December 2018
Subscribe Google+
Smart 4G

नेपालले टस जित्यो, पपुवा न्यूगिनीलाई ब्याटिङको निम्तो

NIC Bank, Long AD

March 15, 2018


काठमाडौं । विश्वकप छनोटको प्ले अफमा नेपालले टस जितेको छ र पपुवा न्यूगिनीविरुद्ध फिल्डिङ रोजेको छ । अब पपुवा न्यूगिनी पहिले ब्याटिङ गर्नेछ । समूह चरणको अन्तिम खेलमा हङकङलाई हराएको नेपाल आज पनि जित निकाल्दै एकदिवसीय मान्यता पाउन चाहन्छ । तर, यसका लागि पपुवा न्यूगिनीलाई हराएर मात्र हुँदैन, नेदरल्याण्डले हङकङलाई हराउनु पर्ने हुन्छ ।

नेपाल र हङकङ दुबैले जितेमा भने सातौं स्थानका लागि हुने खेल पनि जित्नु पर्नेहुन्छ । हारले भने एकदिवसीय मान्यता पाउने बाटो बन्द हुनेछ भने डिभिजन टूमा घटुवा पनि हुनेछ । विश्वकप छनोटमा पपुवा न्यूगिनीले एक खेल पनि जितेको छैन । तर, ठूला टिमविरुद्ध सम्मानजनक प्रदर्शन गरेकाले नेपालले सहज रुपमा लिन नहुने देखिन्छ । उसको बलिङ र फिल्डिङ चुस्त छ ।