Digital Newspaper of Nepal
| Sunday, 24 March 2019

बराहक्षेत्र नगरपालिकाको मधुवनमा आगलागी, ८५ घर जले

March 18, 2018


धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित वातर बस्तीमा आगलागी हुदाँ ६२ परिवारका ८५ वटा घर जलेका छन् ।
शनिबार राति आठ बजेदेखि लागेको आगो निभाउन मोरङको एक र सुनसरीका पाँंच दमककलले राति १२ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डिएसपी० नारायण प्रसाद चिमोरियाले बताए। आगलागी कसरी भयो भन्ने बारे अझै जानकारी नआएको उनले बताए।

स्थानीय, प्रहरी, सशस्त्र प्रहरी र सेना समेत आगो निभाउन खटिएका थिए। स्थानीयले मानवीय क्षति नभएपनि लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएको बताएका छन्। अधिकांश घर छाप्रा जलेपनि धनमालको क्षति विवरण संकलन भईरहेको डीएसपी चिमोरियाले बताए।

यसैबीच वराहक्षेत्र नरपालिकाका प्रमुख निलम खनालले ८५ घरका करिब २ सय ५० जना घरबारवीहिन भएकाले तत्कालका लागि त्रिपाल, खाद्यान्न, औषधि उपचार, भाँडाकुँडा आवश्यक पर्ने भएकाले नेपाल रेडक्रस र अन्य दाताहरुलाई सहयोग गर्न आव्हान गरेका छन्।