Digital Newspaper of Nepal
| Sunday, 16 December 2018
Subscribe Google+
Smart 4G

एक सय ८० देशमा अमेरिकी सेना सक्रिय

NIC Bank, Long AD

March 18, 2018

विश्वकै शक्तिशाली देश मानिने अमेरिकाका दुई लाखभन्दा बढी सैनिक विश्वका एक सय ८० देशमा फैलिएका छन् । यीमध्ये केवल सात देशमा अमेरिकी सेना सक्रिय रुपमा सैन्य अभियानमा काम गरिरहेको छ । यो खुलासा ट्रम्प सरकारले अमेरिकी कंग्रेसलाई पठाएको गोप्य रिपोर्टबाट बाहिरिएको हो । यसलाई न्यूयोर्क टाइम्सले पनि प्रकाशन गरेको छ ।
अफगानिस्तान
अफगानिस्तानमा १३,३२९ अमेरिकी सैनिक रहेका छन् । ११ सेप्टेम्बर २००१ वाशिंगटन र न्यूयोर्कमा तालिबान र अल कायदाले गरेको भिषण आक्रमणपछि अमेरिकाले आफ्नो सैनिक अफगानिस्तान पठाएको हो । अमेरिकाले लामो समय तालिबानसँग युद्ध लड्नु पर्यो । तर अहिलेसम्म पनि उसको मिसन पूरा भएको छैन । विश्वकै शक्तिशाली राष्ट्र मानिएको अमेरिकालाई अफगानिस्तानको लडाईँ सबैभन्दा ठूलो चुनौतीका रुपमा देखिएको छ । अमेरिकालाई यहाँ अल कायदा, तालिबान, इस्लामिक स्टेट, तथा हक्कानी नेटवर्कले कडा चुनौती दिइरहेको छ ।
इराक
सद्दाम हुसेनको अन्त्यपछि इराकमा पनि अमेरिकी इस्लामिक स्टेटका लडाकुसँग लडिरहेको छ । सद्दाम हुसेन मारिएपछि इराक पूर्ण रुपमा अशान्त बनेको छ । इस्लामिक स्टेटका कारण देशमा हिंसा फैलिएको छ । इराकमा झण्डै ८ हजार अमेरिकी सेना भएको बताइन्छ ।
सिरिया
सिरियामा अमेरिकी नेतृत्वको अन्तराष्ट्रिय सुरक्षा बलले सन् २०१७ मा लाखौँ नागरिकलाई चरमपन्थीको कब्जाबाट मुक्त गराएको थियो । इराक तथा सिरियामा रहेको चरमपन्थी समूहको कब्जा ९८ प्रतिशतले कम भएको छ ।

सिरियामा कतीमा पनि एक हजार पाँच सय अमेरिकी सैनिक रहेका छन् । सिरियामा ७ वर्षदेखि चलेको गृहयुद्ध अझै साम्य भएको छैन । पूर्वी शहर गुटामा अहिले पनि दिनहुँ सर्वसाधारणमाथि हमला भैरहेको छ । अर्कोतर्फ अमेरिकाको विपक्षमा दोस्रो पक्ष बनाएर रुस उभिएको छ ।
यमन
यमनमा पनि अमेरिकी सेनाको उपस्थिति रहेको छ । यहाँ पनि अल कायदाले आफ्नो हिंसात्मक गतिविधि मच्चाइरहेको छ । ट्रम्प सरकारले अमेरिकी कंग्रेसलाई पठाएको रिपोर्टका अनुसार यमनमा हुती विद्रोहीविरुद्धको अभियानमा रहेको साउदी अरबको मोर्चालाई अमेरिकी सेनाले सहयोग गरिरहेको छ । यो सहयोग सैन्य स्तरमा मात्रै नभएर जासुसी सूचनाको आदान–प्रदानको स्तरसम्म भएको बताइन्छ ।
सोमालिया
सोमालियामा झण्डै ३ सय अमेरिकी सेना रहेको बताइन्छ । सोमालियामा रहेको आतंकवादी संगठन अल शबाबविरुद्धको अभियानमा अमेरिकी सेना रहेको छ । सन् १९९३ मा सोमालियामा अमेरिकी सेनाले नमिठो अनुभव भोगेको छ । मोहम्मद फराह अइदीदलाई समात्न गरिएको अभियानमा १८ जना अमेरिकी सैनिक मारिएका थिए । यसबाट यो थाहा हुन्छ कि सोमालियामा सैन्य अभियान चलाउन अमेरिकालाई त्यति सहज अवस्था रहेको छैन ।
लिबिया
लिबियामा अमेरिकी सेनाको उपस्थिति न्यून संख्यामा रहको छ । यहाँ पनि अमेरिकी सेनाको सानो हिस्सा इस्लामिक स्टेटविरुद्धको लडाईँमा रहेको छ । लिबियामा गद्दाफी शासनको अन्यसँगै शान्ति खलबलिएको छ । नाइजर
नाइजरमा झण्डै पाँच सय अमेरिकी सैनिक रहेका छन् । अक्टोबर २०१७ मा चार अमेरिकी सैनिक मारिएपछि अमेरिकी सेना इस्लामिक स्टेटविरुद्धको कडा अभियानमा रहेको छ । अमेरिकामा नाइजरमा अमेरिकी सैनिकको उपस्थितिका बारेमा पनि पटक–पटक बहस भैरहेको छ । अमेरिकाका लागि पश्चिम अफ्रिकी देश नाइजरमा सैन्य अभियान चलाउनु एकदमै नयाँ कुरा थियो ।