Digital Newspaper of Nepal
| Sunday, 21 October 2018
Subscribe Google+
Smart 4G

सन्दिपको आईपीएल जर्सी प्रधानमन्त्रीले सार्वजनिक गर्ने

NIC Bank, Long AD

March 22, 2018

काठमाडौं । सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग ९आईपीएल० मा लगाउने जर्सी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।

यसका लागि दिल्ली डेयरडेभिल्सको टोली काठमाडौं आउँदैछ । सन्दिपले प्रधानमन्त्रीबाट जर्सी सार्वजनिक गर्ने तय भएको पुष्टि गरे । तर, समय भने यकिन भइसकेको छैन ।

सन्दीप आईपीएल खेल्न मंगलबार दिल्ली जाने कार्यक्रम छ ।

आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो । उनी आईपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् ।