Digital Newspaper of Nepal
| Monday, 10 December 2018
Subscribe Google+
Smart 4G

रुस–अमेरिका सम्बन्ध सुधार्न चाहेको ट्रम्पको भनाई

NIC Bank, Long AD

March 22, 2018

बीबीसी । राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा नै पुटिनलाई मन पराउने र रुससँग अमेरिकाको सम्बन्ध सुधार्न चाहेको कुरा बताइसकेका छन् ।
तर केही मानिसहरू अमेरिका–रुस सम्बन्धमा आएको खटपटलाई नयाँ शीत युद्ध भनिरहेका छन् । दुवै देशहरूको बीच अविश्वास पहिलेभन्दा बढी सुदृढ भएको पनि भनिँदै छ ।
पुटिनको सल्लाहमा येवगेनी प्रिगोजहिनले अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको पक्षमा माहोल बनाउने कोसिस गरियो भन्ने गरिन्छ ।

चुनावमा कथित रूपमा धोका दिएको विषय सोसल मिडियामा खुब उचालियो र परिणामतः अमेरिकाले पुटिनका नजिकका कैयौँ अफिसरमाथि धेरै प्रतिबन्धहरू लगायो ।

मार्च २०१४ पछि युुक्रेनमा रुसको सैनिक हस्तक्षेपलाई लिएर युरोपियन सङ्घ र अमेरिकाले केही प्रमुख रुसी अधिकारीहरू र कम्पनीमाथि प्रतिबन्ध लगायो ।

यी प्रतिबन्धका कारण पुटिनका कैयौँ सहयोगीहरू पश्चिमा देशहरूको यात्रामा रोक लागेको छ र उनको व्यापारमा यसको असर परेको छ ।