Digital Newspaper of Nepal
| Monday, 22 October 2018
Subscribe Google+
Smart 4G

खानेपानीको उद्घाटन गदै नवराज सिलवालले भने अव विकासको मूल फुटाउँछौं

NIC Bank, Long AD

March 25, 2018

ललितपुर । ललितपुर क्षेत्र १ बाट विजयी सांसद नवराज सिलवाले अब देश विकासको मूल फुटाएर सरकार अगाडि बढ्ने बताउनु भएको छ । ललितपुर क्षेत्र नम्बर १ को दुर्गम भेग मुलपानीमा खानेपानी आयोजनाको उद्घाटन गर्दै स्थानीयस्तरबाटै विकासको मुल फुटाउनु पर्ने आवश्यकता औलाउँनु भएको हो ।


त्यस्तै प्रदेशसभा सांसद लालकुमारी पुनले विकास र समृद्धिका लागि आफूले सक्दो प्रयास गर्ने बताउँदै स्थानीयवासिन्दाले गरेको प्रयास निक्कै सकारात्मक रहेको बताउनु भयो ।
राजधानी उपत्यका भित्र रहेर पनि वत्ती मुनिको अध्यारोभित्र कष्टकर जीवन विताउन वाध्य ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १ मूल पानीका स्थानीय वासिन्दा अहिले निक्कै खुसी छन् । बर्षौ बर्षदेखि खानेपानीको अभावमा दिन गुजार्न वाध्य भएका मूलपानीका स्थानीयहरुले आफ्नै घरमा धारो आएपछि मख्ख परेका हुन् ।


मूलपानीका एक सय २० घरधूरीका लागि गोदावरी नगरपालिका, रोटरी क्लव अफ काठमाडौं, नेपाल रेडक्रस सोसाइटी ललितपुर शाख र स्थानीयवासीको १ करोड ९ लाख १९ हजार ५ सय ७२ रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।
ललितपुरको गोदावरी नगरपालिका भित्रै भएपनि बर्षौ बर्षदेखि यहाँका स्थानीयहरुले खानेपापनीको चर्को समस्या भोग्दै आएका थिए । अहिले घर घरमा धाराबाटै पानी आउन थालेपछि स्थानीयहरु मख्ख भएका छन् र उनीहरुले खुसी व्यक्त गरेका छन् ।
यो खानेपानी आयोजनाले कम्तीमा २० बर्षसम्म यहाँका स्थानीयहरुलाई पुग्ने गरि बनाइएको बताउँदै स्थानीयहरुले यसलाई दिगो रुपमा सन्चालन गर्नका लागि अझै सहयोगको आवश्यकता रहेको सेतोमुल कालोमुल खानेपानी आयोजनाका अध्यक्ष नारायण खड्काले बताउनुभयो ।


खानेपानी आयोजनाको शुरुवातसँगै स्थानीयको जीवनस्तर समेत सुधार आएको छ भने घण्टौं घण्टा लगाएर खानेपानीका लागि जानु पर्ने वाध्यता समेत अन्त्य भएको छ ।