Digital Newspaper of Nepal
| Friday, 20 July 2018
Subscribe Google+
Smart 4G

महराले बुझे प्रधानमन्त्रीले आपत्ति जनाएको प्रतिवेदन

NIC Bank, Long AD

March 27, 2018

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएको युरोपेलि युनियनको प्रतिवेदन सभामुख कृष्णबहादुर महराले बुझेका छन् । सभामुखको कार्यकक्ष सिंहदरवारमा महरालाई भेट्न पुगेको इयुको टोलीले प्रतिवेदन बुझेको हो । प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्रालयले समेत आपत्ति जनक भनेको प्रतिवेदन सभामुख महराले बुझेपछि अहिले चौतर्फी चासो उत्पन्न भएको छ ।

यस्तो थियो प्रधानमन्त्रीको आपत्ति
प्रधानमन्त्री केपी शर्मा ओलीले खस–आर्यको आरक्षण खारेज गर्न युरोपली युनियनले दिएको सुझावप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति (नियोक) ले तयार पारेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसम्बन्धि प्रतिवेदन आज काठमाडौंमा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले जनताका प्रतिनिधिले बनाएको संविधानबाट प्राप्त उपलब्धी र नेपालको सार्वभौमसत्ताको अवमूल्यन नगर्नसमेत चेतावनी दिनुभएको हो । सुझावको नाममा नेपाललाई ठाडै हेप्ने काम गरिएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले विरोधपछि ईयूको निर्वाचन पर्यवेक्षण मिसनले प्रतिवेदन सच्याउँला भन्ने लागेको तर, उसले थप जिद्दी गरेर आश्चर्यमा परेको बताउनु भयो । उहाँले प्रतिवेदन सच्याउन विनम्रतापूर्वक आग्रह पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले निर्वाचन पर्यवेक्षणका नाममा धर्म प्रचार गर्न आएका कतिपय संस्थालाई फर्काइएको स्मरण गर्दै त्यसको प्रतिशोध प्रतिवेदनमार्फत नलिन आग्रह पनि गर्नुभयो ।