Digital Newspaper of Nepal
| Thursday, 19 April 2018
Subscribe Google+
Smart 4G

बल टेम्परिङमा कप्तान स्मिथ र वार्नर माथि १ वर्षे प्रतिबन्ध

NIC Bank, Long AD

March 29, 2018

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा गरेको बेइमानीका कारण क्रिकेट अष्ट्रेलियाको शिर निहुरिएको छ ।
बल टेम्परिङ गर्ने क्यामरुन बेनक्राफ्टमाथि ९ महिना र निवर्तमान कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथि १ वर्षे प्रतिबन्ध लागेको छ ।
तर, बल टेम्परिङको योजनाकार डेभिड वार्नर भएको खुलेको छ । यससँगै क्रिकेट अष्ट्रेलियाले उनीमाथि अर्को प्रतिवन्ध लगाएको छ, त्यो हो जीवनभर अष्ट्रेलियाको कप्तान हुन नपाउने ।

क्रिकेट अष्ट्रेलियाले भनेको छ, ‘अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेल्न लागेको प्रतिवन्ध समाप्त भएको कम्तिमा १२ महिनासम्म स्मिथ र बेनक्राफ्टको नाम कप्तानका लागि सोचिने छैन ।’

साथै कप्तान बनाउँदा पनि विभिन्न शर्तहरु हुनेछन् । उनीहरुको र्फमका साथै प्रशंसक र जनताको स्वीकार्यताका साथै खेलाडीहरुको स्थिति लगायतलाई ध्यान दिइने उसले बताएको छ ।

तर, वार्नर भने कहिल्यै कप्तान हुने छैनन् । उनले नै बल टेम्परिङ गर्ने योजना बनाएर जुनियर खेलाडी बेनक्राफ्टलाई त्यसका लागि उक्साएको पाइएको छ