Digital Newspaper of Nepal
| Tuesday, 21 August 2018
Subscribe Google+
Smart 4G

मलाला पाकिस्तानमा चार दिनको भ्रमण

NIC Bank, Long AD

March 29, 2018

काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता युसुफजाई मलाला पाकिस्तान फर्किएकी छन् ।
तालिबान चरमपन्थीले गोली हानेपछि बेलायतको बर्मिङघममा बस्दै आएकी मलाला पहिलो पटक पाकिस्तान फर्किएकी हुन् ।
२०१२ मा महिला शिक्षाको प्रचारमा जुटेकी मलालालाई चरमपन्थीले आक्रमण गरेका थिए ।

मलाला अहिले २० वर्षकी भइन् र प्रखर मानवअधिकारवादी कार्यकर्ताको रुपमा आफ्नो पहिचान बनाएकी छन् ।

उनले पाकिस्तान भ्रमणका क्रममा प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई पनि भेट्ने अपेक्षा गरिएको छ । तर, उनको भ्रमणबारे धेरै जानकारी गोप्य राखिएको छ ।

बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलको टेलिभिजन फुटेजमा उनीसँग आमाबुवा पनि देखिएका छन् । उनको भ्रमण चार दिनको हुने बताइएको छ । तर, उत्तर पश्चिमको स्वात घाटीमा रहेको आफ्नो पुरानो घर जाने नजाने निश्चित छैन ।