Digital Newspaper of Nepal
| Thursday, 19 April 2018
Subscribe Google+
Smart 4G

एटलान्टामा एकतावद्ध भई नेपालीहरुले विशेष कामको थालनी गर्दै

NIC Bank, Long AD

April 4, 2018

एटलान्टा, अमेरिका । अप्रिल ८ तारिक आइतवार, हिमालयन स्पाइस रेष्टुरेण्टमा भेला भएर एटालान्टा, जर्जियामा रहेका नेपालीहरुले सामाजिक एकता र भाइचारा प्रस्तुत गर्दै आपूm जन्मेको देश, आफ्नो भाषाभेष र संस्कृतिका पक्षमा विशेष कामको थालनी गर्दैछन् । जर्जियामा रहेको नेप्लिज एशोसियसन अफ जर्जिया न्यागका वर्तमान अध्यक्ष तथा पदाधिकारी, सल्लाहाकारहरु, सबै पूर्वअध्यक्षहरु, नासियाका पूर्व तथा वर्तमान कमिटिका विभिन्न व्यक्तित्वहरु, समाजका विशिष्ठ व्यक्तित्वहरु र जर्जिया एटलान्टामा वासोवास गर्दै आउनुभएका नेपालीहरुलाई आमन्त्रण गरिएको कार्यक्रममा एटलान्टाको एकतालाई संसारभर प्रवाह गर्ने र एटलान्टाबाटै नेपाल र नेपालीका लागि विशेष कामको थालनी गरिने न्यागका सल्लाहाकार प्रेम बानियाँले जानकारी दिनुभयो ।


जर्जिया एटलान्टामा रहेको नेपालीहरुको समाज सानो परिवार, सुखी परिवार जस्तो रहेको र यो समाजले देशलाई अप्ठ्यारो पर्दा बिगतमा निकै महत्वपूर्ण कामहरु गर्दै आएकाले यसलाई झन् बलियो र मजबुत बनाई अघि लैजानको लागि सकारात्मक पहल थालिएको बानियाँले बताउनु भयो । आगामी दिनमा अझ एकतावद्ध भई एट्लान्टावासी नेपालीको मिहेनतबाट नेपाल र संसारभर रहेका नेपालीलाई जोड्ने पुलका रुपमा महत्वपूर्ण कामहरुको थालनी गरिने उहाँले बताउनु भयो ।


एटलान्टामा करिब दुई दशकदेखि नेपालीहरुको एउटा ठूलो संस्था नेप्लिज एशोसियसन अफ जर्जियाले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली तथा नेपालीभाषीको सबैभन्दा ठूलो र पुरानो संस्थाको रुपमा रहेको न्याग त्यहाँको संघीय सरकारमा दर्ता भएको पहिलोे नेपालीभाषी लक्षित गैर नाफामूलक संस्था हो । जर्जियामा न्यागजस्ता अरु धेरै गैर सरकारी संस्थाहरु छन् र तिनले संघीय सरकारसँग मिलेर आफ्नो समाजको हितका खातिर अनगिन्ती महत्वपूर्ण कामहरु गर्दै आएका छन् तर न्याग स्थापनाको झण्डै दुई दशक बित्न लाग्दासमेत यो संस्थाले कुनै खास भौतिक उपलब्धी भित्र्याउन सकेको छैन । यसपछिल्तिरका कारणहरु केके हुनसक्छन् ? यसबारेमा पनि कार्यक्रममा सकारात्मक बहस गरिने भएको छ ।