Digital Newspaper of Nepal
| Monday, 10 December 2018
Subscribe Google+
Smart 4G

माओवादीको नाममा काम नगरि तलव पचाउँने यी हुन् आइसीसीका कर्मचारी

NIC Bank, Long AD

April 4, 2018

काठमाडौं । नयाँ बानेश्वर स्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा अहिले छलराम पौडेलको आतंकले कर्मचारीहरु पीडित हुन थालेका छन् । पाँचौ तहमा कार्यरत पौडेल पेशाले फूलवारी इन्चार्ज हुन् तर उनले माओवादीको नाममा शुरु गरेको आतंकको कारण कर्मचारीहरु समेत पीडित हुन् । माओवादी निकटको राष्ट्रिय कर्मचारी संगठनको आइसीसी अध्यक्ष समेत रहेका पौडेलले अहिले आफ्नो दायित्व भुलेर सबै काम ठप्प पारेका छन् ।

 

फूलवारीको स्याहार सुसार गर्नुपर्ने दायित्व बोकेका पौडेलले काम गर्नुका सट्टा घाँस काट्ने मेसिनलाई अहिले साङलाले बाँधेर राखेका छन् । स्रोतले भन्यो न उनी आफ्नो पद अनुसारको काम गर्छन न त काम गर्ने अरुलाई काम गर्न नै दिन्छन् । बरु त्यसको सट्टा काम गर्ने मेसिन र औजारहरुलाई साङलाले बाँधेर काम गर्न रोकिरहेका छन् ।


राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि पहिलो पटक संसद बैठकमा जाँदा पनि उनले अवरोध गर्ने कोसिस गरेका थिए तर उनको प्रयास असफल भएको थियो । अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको मातहतमा रहेको भएपनि छलराम पौडेलले संसदका केही कर्मचारीलाई हात लिएर आफ्नो जिम्मेवारी पूरा गर्नुको सट्टा राजनीति गरिरहेका छन् । पौडेललाई आइसीसी विकास समितिका सातांै तहमा कार्यरत कमल थापाको समेत सहयोग रहेको बुझिएको छ । खरिद शाखामा कार्यरत थापाको इशारामा चल्ने र माओवादीको नाममा आइसीसीमा आतंक मच्चाएपछि अहिले उनलाई कारवाही गरिनुपर्ने माग नै उठेको स्रोतको भनाई छ ।