Digital Newspaper of Nepal
| Thursday, 21 June 2018
Subscribe Google+
Smart 4G

झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको जानकारी चोरी भएको पुष्टि

NIC Bank, Long AD

April 5, 2018

एजेन्सी । झण्डै ९ करोड प्रयोगकर्ताको व्यक्तिगत जानकारी अवैध रुपमा राजनीतिक उद्देश्य पूर्तिका लागि प्रयोग भएको हुन सक्ने सामाजिक सञ्जाल फेसबुकले स्वीकार गरेको छ ।

८ करोड ७० लाख भन्दा बढी आफ्ना प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक परामर्श दिने क्याम्ब्रिज एनालितिकाले अवैध रुपमा प्रयोग गरेको फेसबुकले जनाएको छ । यो यसअघि सार्वजनिक गरिएको भन्दा धेरै हो । यसअघि व्हिस्लेब्लोअर क्रिस्टोफर वाइलीले पाँच करोड फेसबुक प्रयोगकर्ताको जानकारी अवैध रुपमा प्रयोग भएको बताएका थिए ।

फेसबुकका प्रमुख प्राविधिक अधिकृत माइकल श्रोएफरको ब्लगबाट यो आँकडा बाहिर आएको हो । फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफूहरुले प्रयोगकर्ताको जानकारी सुरक्षाका लागि धेरै गरेको र अझै धेरै गर्न बाँकी रहेको बताएका छन् ।

प्रयोगकर्ताकोपत्रकार सम्मेलनमा जुकरबर्गले यसअघि फेसबुकले धेरै टुल्लस दिएको र प्रयोगकर्ताले नै त्यसको प्रयोग गर्दा ख्याल गर्नु पर्ने वा गर्छन् भन्ने सोचेको बताए । तर आफूहरुले राखेको सोच गलत साबित भएको र त्यसमै चुकेको उनले बताए ।

उनले आफूहरुको जिम्मेवारीका बारेको सोच फराकिलो बनाउनु पर्ने रहेछ भन्ने थाहा भएको भन्दै यसमा फेसबुक चनाखो रहेको जुकर बर्गको भनाई छ ।

उनले भने, ‘पहिला लाग्थ्यो हामीले टुल्स मात्रै बनाए हुन्छ, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार चलाउँछन् । तर होइन रहेछ, त्यसबाट आउने परिणामको सम्पूर्ण जिम्मेवारी पनि हामीले नै लिनु पर्ने रहेछ ।’

आन्तरिक रुपमा गरिएको अडिटबाट पछिल्लो समस्या बाहिर आएको पनि उनले बताए । युजर नेम, इमेल एड्रेस वा फोन नम्बर टाइप गरेर अरु प्रयोगकर्ता खोज्न मिल्ने फिचरका कारण धेरैले प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा प्रयोग गरिरहेको खुलेको उनले बताए । अहिले आफूहरुले त्यो सुविधामा कडाइ गरेको जुकरबर्गले बताएका छन् ।

प्रयोकर्ताको जानकारीफेसबुकका प्रमुख प्राविधिक अधिकृत माइकल श्रोएफरको ब्लग मार्फत पछिल्लो जानकारी बाहिर ल्याइएको हो । यो ब्लग अमेरिकाकोा हाउस कमर्स कमिटिको घोषणाको केही घण्टा पछि सार्वजनिक गरिएको हो । कमिटिले फेसबुकका प्रमुख जुकरबर्गले अप्रिल ११ भन्दा पहिले नै घटनाका सम्बन्धमा आफ्नो बयान दिनु पर्ने बताएको थियो ।

यसअघि सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफूहरुबाट प्रयोगकर्ताको व्यक्तिगत जानकारी सुरक्षित राख्ने विषयमा गल्ती भएको स्वीकार गरेका थिए ।

क्याम्ब्रिज एनालिटिका ९सिए० ले फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण अवैध रुपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गरेको आरोप छ र फेसबुकले आफ्ना प्रयोगकर्ताका जानकारी सुरक्षित गर्न वा त्यसलाई अवैध काममा प्रयोग हुनबाट रोक्न नसकेको ।

फेसबुकमाथि प्रयोगकर्ताको जानकारीको सुरक्षा वा अरु विभिन्न विषयमा रहेर आरोप आएको यो पहिलो पटक होइन । तर यसपटक जानकारी राजनीतिक उद्देश्य पूर्तिका लागि भएको आरोपले समस्या थप जटिल बनेको छ ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको प्रचार प्रसार टिमले अनुबन्धित गरेको क्याम्ब्रिज एनालिटिका ९सिए० ले फेसबुकका प्रयोगकर्ताको व्यक्तिगत विवरण लिएर त्यसलाई राजनीतिक प्रचारका लागि प्रयोग गरेको आरोप छ ।

सिएमाथि फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण अनधिकृत रुपमा लिएको आरोप लागेपछि उसले आफ्ना प्रमुख अलेक्जेण्डर निक्सलाई निलम्बित गरेको छ ।

बेलायतको लण्डनमा आधारित कम्पनी सिएले भने आफूले कुनै किसिमको गलत काम नगरेको दाबी गर्दै आएको थियो ।

फेसबुकमाथि हुने गरेको आलोचना नयाँ होइन तर पछिल्लो पटक प्रयोगकर्ताको जानकारी असुरक्षित मात्रै नभइ अनधिकृत रुपमा प्रयोग गर्न दिएको कुराले उसमाथिको दबाब अहिलेसम्मकै उच्च भएको छ ।

बेलायती पत्रिका द गार्डियन र अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले फेसबुकका दशौँ लाख प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा प्रयोग भइरहेको र यसबारे फेसबुकले प्रयोगकर्तालाई जानकारी नदिएको भन्दै खबर छापेका थिए ।

यो खबर आएपछि फेसबुकले क्याम्ब्रिज एनालिटिकाको पेज बन्द गरेको थियो । एनालिटिकाले अनधिकृत रुपमा जानकारी संकलन गरेको र त्यसलाई डिलिट पनि नगरेको दाबी गरिएको छ ।

एनालिटिकाले बनाएको पर्सनालिटी क्वीज एप्लिकेशन मार्फत फेसबुक प्रयोगकर्ताको जानकारी संकलन गरिएको दाबी छ । यसरी संकलन गरिएको जानकारी सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पक्षमा प्रचार गर्नका लागि प्रयोग भएको दाबी गरिएको छ ।