Digital Newspaper of Nepal
| Sunday, 24 March 2019

भोलि १५ देशमा प्रवचन दिएका आचार्य राजन शर्माको प्रेरक शिविर हुने

April 6, 2018

काठमाडौं । विश्वका विभिन्न १५ देशका २५ सहरहरुमा उत्प्रेरत्मक शिविर सन्चालन गरि लाखौं लाख मानिसहरुको जीवनमा परिवर्तन ल्याउन सफल भएका युवा व्यक्तित्व आचार्य राजन शर्मा (भीमसेन सापकोटा ) को उत्प्रेरणात्मक कार्यक्रम भोलि चैत २४ गते शनिवार जमलस्थित होटल यल्लो प्यागोडामा हुने भएको छ । जीवनको महत्वपूर्ण उपलब्धीलाई संसारमाझ बाँड्दै अगाडि बढेका शर्माले सो अवसरमा मा “सुख सूत्र” नामक पुस्तक लोकार्पण समेत सो अवसरमा गर्ने तयारी भएको आचार्य शर्माले जानकारी दिए । जीवनमा सुखको स्रोत के हो भन्ने बिषयलाई गहन ढंगले प्रस्तुत गरिएको पुस्तकले कसरी खुसी रहने भन्ने बिषयको समेत जानकारी दिने आचार्य शर्माको भनाई छ ।


अमेरिकाको आकाशमा उडिरहेको अमेरिकि एट्लान्टा विमानमा कीर्तिमानी योग शिविर सन्चालन गरि नेपालीको शीर उंचो राख्ने अन्तरास्ट्रिय नेपाली ब्यक्तित्व आचार्य राजन शर्मा (भीमसेन सापकोटा) को उत्प्रेरणात्मक जीवन परिवर्तनको सेमिनार समेत हुने भएकाले आयोजनले सबैलाई सहभागीका लागि अनुरोध गरेको छ । जीवनलाई परिवर्तन गर्न सेमिनारले महत्वपूर्ण भूमिका खेल्ने छ । विश्वका सहरहरुमा गएर विभिन्न कार्यक्रम गरि सकेका आचार्य राजन शर्माले नेपाल र नेपालीहरुका लागि सेमिनारको आयोजना गरिएको बताए ।
विश्व शान्ति परिषदका शान्ति दूत, नेपाल फिजी साँस्कृतिक राजदूत, अस्ट्रेलियाली विश्वविद्यालयका प्राध्यापक तथा युवा अध्यात्मिक गुरु शर्माको प्रवचनमा सहभागी हुन आयोजकहरुले अनुरोध गरेका छन् । होटल यल्लो प्यागोडामा शनिवार १ बजेबाट कार्यक्रम हुने र निशुल्क रुपमा प्रवेशको व्यवस्था गरिएको आयोजकको भनाई छ ।