Digital Newspaper of Nepal
| Sunday, 21 October 2018
Subscribe Google+
Smart 4G

आईजीपीका लागि मन्त्रीपरिषद्मा रस्साकस्सी, कस्को योग्यता कति, यस्तो रोचक प्रतिस्पर्धा ?

NIC Bank, Long AD

April 10, 2018

काठमाडौं । प्रहरी महानिरिक्षक प्रकाश अर्याल सहित १५ जना एआइजीपी, २२ जना डिआइजी चैत २८ गते एकैसाथ अवकाश पाउने भएपछि नयाँ आइजीपीका लागि सरकारमा रस्साकस्सी चलेको छ । आइजीको टुंगो लगाउन मंगलबार विहानैदेखि बसेको मन्त्रीपरिषदको बैठक बसेको थियो तर आइजीपी नियुक्तिबारे निर्णय गर्न सकेन ।

३० वर्षे सेवाअवधिका कारण २८ गते आइजीपीको म्याद सकिने भएपछि मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आइजीपी नियुक्ति गर्ने अपेक्षा गरिएको थियो । तर, मन्त्रिपरिषद बैठकमा आईजीपीबारे कुनै निर्णय नभएको जानकारी दिँदै सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल प्रसाद बास्कोटाले अहिले बेला नभएको भन्दै बाहिरीएका थिए । उनले यसो भनेपनि मन्त्रीपरिषद्ले यसबारे गम्भीर गृहकार्य अगाडि बढाएको छ । आइजीपी नियुक्तीकै लागि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाबीच मंगलवार नै छुट्टै सम्वाद समेत भएको भएपनि ठोस निकर्ष भने निस्किसकेको छैन । आइजीपी नियुक्तिमा सरकारभित्रै राजनीति चलेपछि निर्णय गर्नए ढिलाई भएको हो । अहिले सरकारभित्र एक अर्काको रोजाई र निर्णयमा रस्साकस्सी चलिरहेको छ र आकस्मिक रुपमा मन्त्रीपरिषद्को बैठक बसेरै भएपनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संगठन प्रमुख आइजीपी नियुक्ती गर्ने तयारी भइरहेको हो ।
यी हुन् आइजीपी दावी गर्नेहरु ?
प्रहरी महानिरिक्षक आइजीपी नियुक्तिका लागि यतिखेर दौडधुप चलिरहेको छ । आइजीपीका दाबेदार डिआइजीहरु को भन्दा को कम भन्ने हिसाबमा आइजीपीको दाबी गरिरहेका छन् । अहिले प्रहरी महानिरीक्षकका लागि दाबेदारका रुपमा १२ जना डीआईजीहरु मैदानमा छन् । डीआईजीहरु क्रमश सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धिरु बस्नेत र सुरेश विक्रम शाह आईजीपीका दाबेदार हुन् ।
यी मध्ये डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आइजीपीको मुख्य प्रतिस्पर्धामा छन् । बढुवाका आधारमा डीआइजी सर्वेन्द्र खनाल पहिलो श्रेणीमा छन् भने डीआईजीहरु रमेश खरेल र पुस्कर कार्की क्रमश दोस्रो र तेस्रो नम्बरमा छन् । फ्रन्टलाइनमा रहेका ३ डिआइजीवीच आइजीपीका लागि तीब्र प्रतिस्पर्धा चलिरहेको छ ।


बरियतामा पहिलो नम्बरका सर्बेन्द्र खनाल गुण्डागर्दीको अपरेशन गरेर चर्चामा आए । गुण्डा नाइके कुमार घैँटेको इन्काउण्टर गरिएयता उनको चर्चा चुलिएको थियो । त्यस्तै अपराध महाशाखामा एसएसपी रहँदा नेपाली फुटबलभित्र मौलाएको म्याच फिक्सिङको जालो ज्यातेर खनाल चर्चित बने ।
दोस्रो नम्बरका खरेल जनप्रिय प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । २ पटक काठमाण्डौको प्रहरी प्रमुख भएर काम गरिसकेका खरेल भ्रष्टाचार, गुण्डागर्दी र अपराध विरुद्ध खुलेर बोल्ने मात्रै होइन व्यवहारमै उत्रेर देखाउँने प्रहरी अधिकृतको रुपमा परिचित छन् । राजनीतिक नेक्सससँग नडराउने हक्की स्वभाव भएका खरेलले काठमाडौको गुण्डागर्दीदेखि पर्साको विरगंजमा तस्करी विरुद्ध कडा कदम चालेका थिए ।
तेस्रो बरियतामा रहेका पुस्कर कार्की पनि अब्बल प्रहरी अधिकृत हुन् । महानगरिय प्रहरी अपराध महाशाखामा रहँदा गुण्डा नाइके दिनेश अधिकारी उर्फ चरीको इन्काउण्टर गरी चर्चित बनेका कार्कीले सीआइवीको प्रमुख हुँदा चर्चित गुण्डा नाइके मनोज पुनको इन्काउण्टर गरे भने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संग्लन समीरमानसिंह बस्नेत र उनको समूहलाई कानुनी कठघरामा उभ्याए । इमान्दार प्रहरी अधिकृतका रुपमा कार्की परिचित छन् ।


खनाल, खरेल र कार्की कस्को क्षमता कति ?
प्रहरी नियमावली ०७१ को नियम ४१ अनुसार आइजीपीमा बढुवा गर्दा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको दर्जाका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका र कार्यसम्पदान मुल्याङ्कन नम्बरलाई आधार बनाएर सरकारले उपयुक्त उम्मेदवारलाई छान्नुपर्ने उल्लेख छ । हाल आइजीपीका दाबेदारहरुको शैक्षिक योग्यताबारेको विषयपनि रोचक छ ।
डीआईजी सर्वेन्द्र खनालले वि.कम, र एमपीए पास गरेका छन् । रमेश खरेलले विए पास गरेका छन् भने पुष्कर कार्कीले विकम पास गरेका हुन् । त्यसैगरी उत्तम कार्कीले विएस्सी, पवनप्रसाद खरेलले वि कम, छविलाल जोशीले एमविए, मनोज न्यौपानेले विए, विएल, ज्ञानविक्रम शाहले विए, ठूले राईले विए, शरद चन्दले विएस्सी, धिरु बस्नेतले विएस्सी र सुरेश विक्रम शाहले विए पास गरेका छन् ।
यी मध्ये सबैको शैक्षिक योग्यता स्नातक तहको छ भने डीआइजी छविलाल जोशीको शैक्षिक योग्यता स्नातकोत्तर तहको रहेको छ ।
तीन डीआइजीको छुट्टै दावी
खनाल, खरेल र कार्कीसँगै एकैदिन २०७४ असार ३० गते डीआइजीमा बढुवा भएका छविलाल जोशी, पवन खरेल र उत्तम कार्कीले छुट्टै खाले दावी प्रस्तुत गरिरहेका छन् । यी तीन जनालाई आइजीपीमा बढुवा गर्दा पनि खनाल, खरेल र कार्की तीनै जनालाई आइजीपी हुने समय मिल्छ । जोशी, खरेल र कार्की तीन जना आइजीपी भएभनेपनि २०७५ असार ३० गते प्रहरीको ३० बर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् । र यसपछिका सिनियर एआइजी अर्थात अहिलेका प्रमुख दाबेरदार खनाल खरेल र कार्कीले अबसर पाउने भएकाले अहिले मैदानमा रहेका १२ डिआइजीहरु मध्ये जेष्ठताका आधारमा ३ डिआइजीहरु छवीलाल जोशी, पवन प्रसाद खरेल र उत्तम कुमार कार्की आफुहरुको दाबी गरिरहेका छन् । उनीहरु तीनै जना २०४५ साल असार ३० गते प्रहरी सेवामा प्रवेश गरेका थिए भने त्यतिबेलासम्म डीआईजीको कार्यसम्पादन मूल्याकन समेत गर्न सकिने एकाथरि प्रहरी अधिकारीहरुको दावी छ ।


सशस्त्रमा पनि उस्तै सकस
नेपाल प्रहरीका लागि मात्र होइन सशस्त्र प्रहरीको आइजीपीको लागि पनि रस्साकस्सी उस्तै छ । सरकार अहिले नेपाल प्रहरी र ससस्त्र प्रहरी दुबैको प्रमुख छान्नमा ब्यस्त छ । सशस्त्र प्रहरीका आइजिपी सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउँदैछन् । शसस्त्रका आईजीपीका लागि वरिष्ठताका हिसाबले एआइजी शैलेन्द्र खनाल एक्ला दाबेदार हुन् । तर खनालभन्दा ११ महिनापछि एआईजी बनेका पुष्पराम केसी र नारायणबाबु थापा पनि आईजीपी बन्न तीव्र लबिङ गरिरहेका छन् । अर्धसैनिक संगठन सशस्त्र प्रहरीको १७ वर्षे इतिहासमा आईजीपी बनाउँदा अहिलेसम्म पनि सरकारले नेपाली सेनामा झैं वरिष्ठतालाई नमिचेकाले एआईजी खनाल नै एक्ला दाबेदार मानिएका भएपनि पनि केसीको दौडधुप समेत निम्कै तीव्र देखिन्छ ।