Digital Newspaper of Nepal
| Wednesday, 19 December 2018
Subscribe Google+
Smart 4G

अझै एक भएर उठ्नेछ एटलान्टा

NIC Bank, Long AD

April 12, 2018

काठमाडौं । आइतबार हिमालयन स्पाइसको हलमा भेला हुनु भएका जर्जियावासी नेपालीहरु हरेकको आवाजमा एकता र सद्भावको एउटै गुन्जन थियो हामीले आफ्नो समाज, पुस्ता र देशकालागि केही न केही गर्नै पर्छ । कार्यक्रमको मुख्यवक्ताका रुपमा रहनु भएका नेप्लिज एसोशियसन अफ जर्जियाका वर्तमान अध्यक्ष केशव शर्मा र पूर्वअध्यक्षहरु क्रमश सीके पराजुली, राजु थापा र प्रणय लामाले समाज परिवर्तनका लागि आपूmहरु कुनै पनि योगदान दिन तयार रहेको बताउनु भयो । हिजो पदमा रहँदापनि र आज नरहदा पनि समाजहितका लागिअ ाफूहरु सदैव लागिपर्ने उहाँहरुको धारणा थियो ।
पूर्वअध्यक्षहरुले विशेषत एटलान्टामा एउटा नेपाली कल्चर कम्यूनिटी सेन्टर बनाउने अभियान वर्षौंदेखि पूरा हुन नसकेकामा कस्लाई प्रश्नगर्ने भन्ने अन्यौलमा आफूहरु पनि रहेको बताउनुभयो । पूर्वअध्यक्ष पराजुलीले भन्नुभयो– हामी सबै मिलेर ती अधुरा कामहरु पूरा गर्दै जाऔं, व्यक्तिगत रुपमा म कुनै पनि योगदानका लागि तयार छु । त्यस्तै पूर्वअध्यक्ष थापाले जर्जियामा नेपाली कल्चर सेन्टरको काम भइरहेको र यसलाई सामूहिक रुपमा अघि बढाएर लैजानुपर्ने बताउनु भयो । पूर्वअध्यक्ष लामाले छोटो मन्तव्य क्रममा न्याग डिमान्ड अफ टाइम अनुसार चलिरहेको र छोटो समयमा पनि यसले नेपालीबीच राम्रो कामगर्दै आइरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै वर्तमान अध्यक्ष शर्माले जर्जियामा रहेका नेपालीबीचको एकता र भाइचारालाई कायमगर्दै त्यस कार्यक्रमाका दौरान उठेका सवालहरुमा सकारात्मक छलफल गर्दै अघि बढिने साथै कार्यक्रममा लिइएका निर्णयहरुलाई पूरा गर्दै सामाजिक एकताका साथ अघि बढिने बताउनु भयो ।

कार्यक्रममा एनआरएन जर्जियाका अध्यक्ष सूर्य लम्साल, एटलान्टाका लागि पर्यटनदूत राजा घले, विश्व हिन्दू महासंघ अमेरिकाका अध्यक्ष किरण श्रेष्ठले सामाजिक एकता र भाइचारका पक्षमा मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । त्यस्तै समाजका विशिष्ठ व्यक्तित्वहरु सन्तोष पहारी, डा.अनुपश्रीवास्तव, दीपक पहारी, अम्विका लोहोनी,चेतनाथ घिमिरे, राजेश मित्तल, जनक बराल आदिले आआफ्नो धारणा राख्नुभएको थियो । सो कार्यक्रमले निम्न निर्णयहरु गरेको छ ।


निर्णय नम्बर १, नन प्रफिट अर्गनाइजेशनको अपोजिसन नै हँुदैन त्यसैले कोही अपोजिशनमा छैन र एकता कायम राखेर सामूहिक रुपमा अघि बढ्ने
निर्णय नम्बर २, नेतृत्वले मैत्रीपूर्ण संयोजनकारी भूमिकानिर्वाह गर्दै परिवर्तनका लागि तत्काल पहल थाल्ने
निर्णय नम्बर ३, फाइभओ वान सी थ्रीअन्तरगत एक ननप्रफिट अर्गनाइजेशनले गर्नसक्ने कामहरुको सम्भावना औंल्याइ वर्तमान अध्यक्ष केशव शर्माको संयोजकत्वमा यस विषयका जानकारहरुबीच १५ दिनभित्र छलफल गरी आगामी मे महिनाको पहिलो साताको बैठकमा प्रगति विवरण प्रस्तुत गरिनेछ ।
निर्णय नम्बर ४ जर्जियामा नेपाली कल्चर सेन्टरलाई सशक्त रुपमा सन्चालन गर्नका लागि हाल सन्चालित सेन्टरका अधिकारीहरुसँग छलफल गरी वर्तमान अवस्था र आगामी परिवर्तनका वारेमा समस्या र सम्भावनापहिचान गरी अघि बढ्ने ।
निर्णय नम्बर ५, जर्जिया एटलान्टा आवाजहीन भएर रहन सक्दैन त्यसैले आवश्यक तयारी गरी यहाँका सवै संघसँस्थासँगको सल्लाहमा एउटा अनलाइन मिडियाको सुरुवात गर्ने ।

निर्णय नम्बर ६, हरेक महिनाको पहिलो शनिबार केही महिनाको लागि नियमित छलफल गर्दै जाने ।
कार्यक्रमको संयोजन नेप्लिज एसोशियसन अफ जर्जियाका सल्लाहकार प्रेम बानियाँले गर्नुभएको थियो ।