Digital Newspaper of Nepal
| Thursday, 19 April 2018
Subscribe Google+
Smart 4G

जापानमा बन्यो स्वाभिमानी समूह

NIC Bank, Long AD

April 12, 2018

जापान । विभिन्न सिलसिलामा जापानमा रहेका नेपाली समुदायका युवाहरुको अग्रसरतामा जापानमा ‘स्वाभिमान अभियान’ शुरु भएको छ । संसारको जुनकुनै कुनामा बसे पनि जब हृदय र मस्तिष्क अनि जीवनमै देश र स्वाभिमानको मात्र नशा हुन्छ भन्ने मूल भावका साथ समूह गठन भएको हो । ‘समृद्ध नेपाल, स्वाभिमानी नेपाली’ नाराका साथ हामी विश्वभरबाट यस्ता समूहहरु बन्नेक्रम जारी रहेको यसको संयोजन गरिरहनु भएका अभियन्ता तथा पत्रकार प्रेम बानियाँले बताउँनु भयो । हाल अमेरिकाको एटलान्टामा बस्दै आउँनु भएका बानियाँले विश्वभर छरिएर रहेका नेपालीहरुलाई समेटन यो अभियानको प्रारभ्भ गरेको समेत जानकारी दिनुभयो ।
स्वाभिमानी समूह, जापानमा ज्वाला संग्रौला, आनन्द अधिकारी, दीपा घिमिरे, गिरिजा गैरे, एच. बी. ताम्राकार, हेमन्त गिरी, रबिन शर्मा लगायतको समूह बनेको हो । आगामी दिनमा जापानमा रहेका अरु नेपालीहरुलाई समेत समेटदै लैजाने लक्ष्य यो समूहले लिएको छ ।