Digital Newspaper of Nepal
| Wednesday, 26 September 2018
Subscribe Google+
Smart 4G

श्रीनिवास आचार्यमाथि भएको आक्रमणको ग्लोबल भुटनिज हिन्दू अगनाइजेशनद्वारा भत्र्सना

NIC Bank, Long AD

April 12, 2018

अमेरिका । हिन्दु धर्मका गुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार भएको आततायी घटनाको ग्लोबल भुटनिज हिन्दू अगनाइजेशनद्वारा भत्र्सना गरेको छ । अमेरिकाको कोलम्बसमा केन्द्रीय कार्यालय रहेको ग्लोबल भुटनिज हिन्दू अगनाइजेशनले एक विज्ञप्ती जारी गर्दै घटनामा संग्लनहरुलाई कडा कारवाही हुनु पर्ने माग गरेको छ । जतुवास्थित रामजानकी धर्मशालामा पिसाब फेर्न बाहिर निस्किएको बेला राति भएको गोली प्रहारको कडा शब्दमा विरोध गर्दै ग्लोबल भुटनिज हिन्दू अगनाइजेशनका अध्यक्ष कमल धिमालले जारी गरेको विज्ञप्तीमा भनिएको छ– श्रीनिवास आचार्यमाथि गरिएको आक्रमण सनातन धर्ममाथिकै आक्रमण हो र यसविरुद्ध एक जुट भएर लाग्न जरुरी छ ।


साप्ताहिक ज्ञान महायज्ञका लागि विराटनगर पुगेका आचार्यमाथि शनिवार राति करिब ३ बजेतिर गोली प्रहार भएको थियो । आचार्यमाथि विराटनगर महानगरपालिका वडा नं. १४ जतुवाको रामजानकी मन्दिरमा गोली प्रहार भएको भएपनि उनको अवस्था भने खतरामुक्त छ ।