Digital Newspaper of Nepal
| Wednesday, 22 August 2018
Subscribe Google+
Smart 4G

२०७४ को उपलब्धि: तीन तहको निर्वाचन, दुई तिहाई बढी वहुमतको सरकार

NIC Bank, Long AD

April 13, 2018

काठमाडौं । २०७४ ले विदा लिदै गर्दा नयाँ वर्षको स्वागत गर्न आम नेपाली तयार छन् । वर्षभरि भएका विभिन्न गतिविधिहरुलाई इतिहासको अंश बनाउँदै नयाँ वर्षमा, नयाँ सोचका साथ अघि बढ्न सबै नेपाली लालायित छन् ।

२०७४ साललाई फर्केर हेर्ने हो भने यो वर्ष पनि अन्य वर्ष जस्तै उत्तारचढावको वर्ष रह्यो । राजनीतिक, सामाजिक रुपमा आएको परिवर्तनले मुलुकका केहि घटनाक्रम इतिहास बन्न सफल बने भने केहि कहिल्यै विर्सन नसक्ने पनि ।

२०७४ सालमा राजनीतिले नयाँ अध्याय को¥यो । आर्थिक क्षेत्रमा व्यापार घाटा चुलिनुका साथै मुलुकले धान्नै नसक्ने खर्च पनि भयो । अपराधमा समेत यो वर्षमा कमी आउन सकेन । हत्या, हिँसा जस्ता अपराधिक गतिविधि अन्य वर्षको तुलनामा बढ्न पुग्यो ।

केके भए २०७४ सालमा ?

तीन तहको निर्वाचनदेखि नेतृत्व परिवर्तनको इतिहास कोर्न २०७४ सफल भयो । निर्वाचन गराउने मुख्य जिम्मेवारी काँधमा बोकेर शुभारम्भ भएको २०७४मा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भए । आशाको सञ्चार बोकेर उदय भएको राजनीतिमा सुरुमै स्थिर सरकार र समृद्धिको सपना देखेका नेपाली जनताले स्थिर सरकारका लागि आफनो मत जाहेर गरे ।

गठबन्धनको राजनीति मौलाउँदा काँग्रेस र माओवादीबीचको समीकरणले स्थानीय तहको निर्वाचन विवादमा तानियो । भरतपुर महानगरपालिकाको लागि प्रमुख चुनिँदा मतपत्र च्यातिँएको विषयले राजनीतिक चर्चा समेत बढ्यो ।

जसले गर्दा काँग्रेस, एमाले र माओवादीबीचको सम्बन्ध समेत च्यातिदा राजनीतिक ध्रुवीकरण बढ्यो । उता पूर्वराजा ज्ञानेन्द्र शाहले भने घुमाउरो तरिकाले असन्तुष्टि व्यक्त गरे ।

राजनीतिक परिवर्तनसँगै मुलुुकको नेतृत्व गर्न चाह भएको पूर्वराजाको भनाई समेत बाहिरिए । त्यो बाहेक राजनीतिक नेतृत्वसँगको असन्तुष्टि पटक पटक जारी वक्तव्यमा सुनियो पनि । चौथो पटक प्रधानमन्त्री निर्वाचित भएसँगै तीन तहको निर्वाचन सम्पन्न गराउने जश पाएका काँग्रेस सभापति देउवा आफै यस वर्ष विभिन्न विवादमा तानिए ।


फलस्वरुप  २०५२ सालपछि नेपाली काँग्रेसले सबैभन्दा ठूलो हार बेहो¥यो भने नेकपा एमाले मुख्य शक्तिका रुपमा देखा प¥यो । एमाले र माओवादीबीचको चुनावी गठबन्धनसँगै पार्टी एकता गर्ने विषयले मुलुकमा ठूलो हलचल पैदा ग¥यो । त्यतिमात्र नभई छिमेकी मुलुकको समेत नेपाली राजनीतिमा फरक दृष्टिकोण देखा पर्नु २०७४को सफलता नै मान्नुपर्छ । निर्वाचन बाहेक २०७४ले राष्ट्रपतिलाई समेत विवादमा ल्यायो ।

राष्ट्रध्यक्षको काम र कर्तव्यमा दलले प्रश्न उठाउँदा राष्ट्रपतिको गरिमामा नै आँच आयो । मुलुक संघीयतामा परिवर्तन हुँदा कर्मचारी अभावले प्रादेशिक संरचना अझै सञ्चालनमा आउन सकेका छैनन् । उता, यो वर्ष पनि न्यायालय चोखो बन्न सकेन । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको विषयले न्यायालयमा ठूलो हलचल मात्र ल्याएन, प्रधान्यायाधीशले राजीनामा नै दिनप¥यो । दोश्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछि सम्बन्ध सुधारका लागि भारत पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर, मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको संयुक्त उदघाटन गर्दै रेल र जलमार्गको विषयमा भारतसँग भएको छलफललाई सुखद भन्न सकिन्छ ।

अर्थतन्त्र २०७४ 
राजनीतिले अर्थतन्त्रमा समेत यो वर्ष थुप्रै परिवर्तनका आभाष दिलायो । मुलुक निर्वाचनमा होमिँदा निर्वाचन खर्च मुलुकले धान्नै सकेन । ६ खर्ब बराबरको व्यापार घाटा चुलिँदा विप्रेषणमा कमी देखियो । घर जग्गा, शेयर मार्केट ओह्रालो लाग्यो । सरकार परिवर्तन भएपछि नयाँ सरकारसँग शेयर मार्केट दंग पर्ने आशा गरेपनि शेयर मार्केट ओरालो लाग्दा लगानीकर्ता यो वर्ष निकै धर्मराउँदै लगानी गर्न बाध्य भए ।

उता सरकारले मुलुकको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै जारी गरिएको श्वेतपत्रले नेपाली अर्थतन्त्रको नाँगो नाँच देखियो । यति हुँदा हुँदै पनि नयाँ सरकार गठन भएसँगै अन्तर्राष्ट्रिय लगानीकर्ताको नेपालमा लगानी गर्ने इच्छाले यो वर्ष लगानीका लागि ढोकाहरु खुल्दै जाँदा २०७५ मा थुप्रै लगानी भित्रिने अपेक्षा गरिएको छ ।

अपराध अझै उस्तै 
राजनीति र अर्थतन्त्रमा उतारचढाव देखिँदा अपराध यो वर्ष अन्य वर्षको तुलनामा बढ्न पुग्यो । निर्माण व्यवसायी शरद गौचनको हत्या, बुटवलमा युवा संघका नेता बलु पौडेलमाथि दिनदहाडै गोली प्रहारले मुलुकमा अपराध मौलाउन पुग्यो ।

तर, अपराध नियन्त्रणमा प्रहरीले निर्वाह गरेको भूमिका भने साँच्चै नै प्रश्संनीय रह्यो । गौचनको हत्या गर्ने समूहलाई पक्राउ र मनोज पुनको इन्काउन्टर गर्दै प्रहरीले आफनो क्षमता समेत प्रस्तुत ग¥यो । नेपाल प्रहरीकै इतिहासमा सबैभन्दा धेरै सुन एउटै अप्रेसनमा फेला प¥यो । भदौ १९ गते महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद गरेको थियो ।

दाङ, तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको हत्या गत वर्षको अर्काे ठूलो चर्चित अपराध थियो । प्रहरीले गम्भीर अपराधको अनुसन्धानमा चरम लापरबाही गर्दा दरबारमार्ग्स्थित होटल ल्यान्डमार्कमा भएको सामूहिक बलात्कार घटना पनि निकै चर्चित बन्यो ।

जसले प्रहरी र सुरक्षमा प्रहरी चुकेको आभाष गराएको थियो । यता यही बर्ष नेपाल प्रहरीले सर्वेन्द्र खनाललाई नयाँ आइजीपीकोरुपमा पाउँदा सशस्त्र प्रहरीले शैलेन्द्र खनाललाई नयाँ आइजीपीकोरुपमा पायो ।

प्रगतिउन्मुख खेलकुद 

उता खेलकुद जगतमा नेपालले यो वर्ष निकै ठूलो उपलब्धि हासिल गरेको छ । नेपाली क्रिकेट जगतमा पहिलो पटक अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाउँदै क्रिकेट जगतको नयाँ अध्याय सुरु भएको छ । क्रिकेटमा उपलब्धि हासिल गरेपनि क्रिकेट संघको क्यान र एन्फाको निर्वाचन विवाद सल्टिन सकेन । राष्ट्रिय खेल विहीन भएको समयमा भलिबल राष्ट्रिय खेल बन्न पुग्यो ।

यिनै र यस्तै विषयले २०७४ थुप्रै घटनाको साक्षी बन्यो भने इतिहासमा कहिल्यै नमेटिने गरि लेखिए । राम्रो र अस्थिर मात्र होइन मुलुकले धेरै कुरा यो वर्षमा परिवर्तन ग¥यो । २०७४ सालमा भएका उपलब्धिलाई संस्थागत गर्दै समस्यालाई समाधान गर्ने उत्साह र उमंगसहित मुलुकले नयाँ अध्यायतर्फए अग्रसर होस् । सबैलाई २०७५ सालको शुभकामना ।