Digital Newspaper of Nepal
| Monday, 10 December 2018
Subscribe Google+
Smart 4G

आमा महिमा : संसारमै नेपालीको अलौकिक संस्कृति

NIC Bank, Long AD

April 16, 2018

काठमाडौं । संसारको कुनै पनि सभ्यता र संस्कृतिमा आमालाई पूजा गर्ने सम्मान गर्ने र आमाविशेषको दिन कमै छ, जो हिन्दूपरम्परामा हामीसँग छ । र, नेपाल धर्मनिरपेक्ष घोषित भइकन यहाँ रहेका सवैजसो धर्मावलम्वी र मानिसहरु आमालाई यसदिनमा पूजा गर्छन् जुन दिनलाई हामी मातातिर्थ औंसी भन्दछौं ।
हिन्दू सभ्यता र संस्कारको यो अतुलनीय मौलिकतामा देशभर आमाको सम्मानखातिर मानिसहरुले यो दिन मनाएका छन् । पश्चिमी सभ्यता र संस्कारको प्रभाव बढ्दै गएका वेला आमासँग बाध्यता र पेशाले टाढा भएका तिनका सन्तानहरु संसारको जहासुकै रहेका भएपनि तिनमा छचल्किएको आमाको सम्मानमा यो दिन विशेष रहने गरेको छ । नौ महिनासम्म आप्mनो कोखमा राखेर सन्तानलाई मातृत्वको ओतमा संसार सिकाउने पहिलो र सवभन्दा आत्मीय पात्रका रुपमा आमा पुजिन्छन् यहाँ । र, जहा आमा हुन निकै गारो छ । पहाडजस्तो, उचाइमा पुगेर मैदान भइदिनु पर्ने, मैदानमा पुगेर उकालो भइदिनु पर्ने ।

कठोर प्रसव पीडाको आहतमा जन्मेको शिशुलाई सांसारिक रितसग समायोजन गारउने पहिलो भगवानको रुपमा आमालाई हामी पुज्दछौं । जगत जननी भन्छौं हामी आमालाई र जन्मेका सवैले सवभन्दा निकटको धरतीका रुपमा आमाको काखलाई जीवनको पहिलो टेको बनाएको हुन्छ ।
नेपाली समाजमा जननी पुकारेर आमालाई ममता, स्नेह, आनन्द, सुख, दुःख, सुरक्षा आदि भावमा सम्मान गरिन्छ । हामीकां रहेका सबै धर्म–सम्प्रदायले आमाको जय गाएको हुन्छ र यो अतुलनीय संस्कारका सारथीहरु हौ हामी ।
र, नेपाली भाषासाहित्य, सङ्गीत, फिल्म, नाटक आदि बिधामा आमाभावको विषयवस्तु सवभन्दा शक्तिशाली बिम्ब र सत्य भएर प्रस्फुटित भएको पाइन्छ । मूलत साहित्य र संगितमा आमाभावको बर्चस्व नै रहने गरेको छ । कथा, कविता, उपन्याससगै नेपाली लोक साहित्यमा आमागाथाको महिमा निकै छ, जसबाट नेपाली समाज प्रभावित छ ।
गीत ः आमा हो, कसरी हुर्कायौ बढायौ कति दुःख गरर पढायौ
कैले सुख पाइनौं, सधै मेरै पीर गरेर ज्यान सुकयौ आमा पेट भरेर खाइनौं

साहित्य सिर्जनामा आमाको सम्मान र पुकार जसरी गरिन्छ मूलत नेपालीहरु संसारमै सवभन्दाब ढि आमाप्रिय पात्रका रुपमा चित्रित छन् पनि । यो नेपाली सभ्यताको एक त्यस्तो गहना हो जसले हामीलाई आप्mनो देश, संस्कार र सभ्यतामा अपनत्व बढाएको छ । हाम्रो भाषाका कतिपय गीतहरु यस्ता पनि छन्, जसमा आमाका नाममा बेदना र ग्लानि वा पीडा पोखिन्छ ।

गीत ः कतै बाट ढिलो आउदा तिमी छेउमै रुन बस्थ्यो, खानेकुरा मलाई दिन्थयो भोको पेट तिमी बस्थ्यौं आमातिम्रो दूधको भारा तिर्न सकनि सधै तिमलाई रुवाएर बाँचौ म किन ?
र, हामीकाँ आमा नै त्यस्तो बिम्ब र चरित्र हो, जोसँग हरप्रकारको अनुभूति छचल्क्याउन सकिन्छ । अनि आमा नै त्यस्तो धरती हो, जहा सुख, दुःख, खुसी पीडा, उन्नति, अवन्नति, रिस र औडाह, प्रेम, सद्भाव र सिजर्ना वा सबथोक ब्यक्त गर्न सकिन्छ । दुनियाको अर्को कुनै सभ्यता र संस्कारमा यसरी आप्mनो जीवन नै पोख्न सकिने कुनै अर्को पात्र, चरित्र वा बिम्ब नै छैन भन्छन् नेपाली साहित्यका स्रष्टा ।
वास्तवमै हामी आमासग हरप्रकारको जीवनको रंगबारे बोल्न सक्छौं । आमाको जत्तिको फराकिलो स्नेहको कुनै परिधी छैन सायद भावनाको संसारमा । त्यसैले हामी आमाका प्रति नतमस्तक हुन्छौं र गाउँछौं यस्तो गीत ।

हामी आमासँग रुन्छौं, दुःख पौख्छौं । हरेक असफलतापछिको एउटा आड हुन् आमा, हरेक सफलतापछिको सिन्दुर वा खुसी पनि आमा नै हुन् । हामी ढाट्नै नसक्ने भगवानको रुपमा आमालाई मान्छांैं, कतिकति रिसराग पनि आमासग रसिलो हुन्छ र कतिकति खुसी र आनन्द पनि आमासँग मात्रै रसिलो हुन्छ । हामी आमासग ठट्टा पनि गर्छौं कैले कैले ।
हामी आमासँग न हो, आप्mनो बियोग वा बेदना र पीडालाई सवभन्दा गहिरो अनुभूत गर्नसक्ने । चाडपर्व आयो भने हामी सवभन्दा पहिला आमालाई सम्झिन्छौं र भन्छौं दसैंको यो गीतजस्तै नमुछे आमा दहीमा टीका ।

हामी आमासग आप्mनो जीवनको हरयात्रालाई जोडिरहेका हुन्छौं । संसारको जहासुकै पुगेपनि आप्mनो कर्म र भाग्यसग आमाको आदर र सम्झना मात्र लुट्पुटिएको हुन्छ । चाहे जतिसुकै अभाव र पीडा किन नहोस् ? छोरो रुदै गोरखपुर रेलमा होस् वा आमा रुदै गाउबेसीमा मेलामा ।
किन आमा नै सवभन्दा गहिरो अनुभूत हुन्छ मान्छेलाई ? किन आमाकै काखमा मान्छेले जीवनको सवभन्दा सुख र आनन्दको अनुभूत गर्छ ? यो हो नेपाली संस्कार र सभ्यताको सुन्दर मौलिकता । जसले हामीलाई भद्र बनाएको छ, जसले हामीलाई संसारकै आत्मीय बनाएको छ । किनकी हामी आमाको दस धारा दूधलाई जीवनको पहिलो प्राण मान्छौं । किनकी हामी आजको युगको चम्चाले पिलाएको कृत्रिम दूध पिएर हुर्किने संस्कारबाट प्रेरित छैनौं ।

रितीसंस्कारले नेपालमा आमालाई बिधवा पनि बनाएको हुन्छ र त्यो सेतो रंगमा हामी अलग विज्ञान जान्दछौं, त्यो सेतो रंगमा हामी जीवनको महत्व अभिलेख गर्दछौं । भलै, संस्कार बिस्तारै परिवर्तित भएको होस् र यसबारे पनि गीत संगीतले बोलेको होस् ।

यसरी आमाप्रति हामी आदर मात्र गर्नसक्छौं । त्यो साहित्य, संगित, कला वा जेसुकै होस् हामी हरसासमा आमाको सुगन्ध मात्र पाउछौ ।
सवभन्दा बढि त हामी आमाको दुःख देख्न र सहन नसक्ने जातका मान्छे हौं । सवभन्दा बढि त हामी आमालाई कुनै पीडाबोध नहोस् भन्ने आसयसंस्कारका मानिस हौं र हामी आप्mनो शरीर घोटेर पनि आमाको शीर निहुरिएको हेर्न नचाहने नागरिक हांैं । त्यसैले हामी भन्छौं, धुरुधुरु नरोउ आमा तिम्रो आसु पुछेर छाडुला । अर्थात् आमा भनेको देश पनि हो । हामी देशलाई आमा भन्छौं । झट्ट उच्चारणमा नेपाल आमा हाम्रो आदर र आत्मीयताको बिम्ब हो । हामी नेपाल आमाका सन्तान हौं भन्नुको अर्थ आमाको आदर, सम्मान र सवभन्दा गहिरो अनुभूति हो । त्यसैले हामी भन्छौं, हे आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँला ।