Digital Newspaper of Nepal
| Tuesday, 19 February 2019

इन्धन बोक्ने ट्यांकरभित्र १६० केजी गाँजा १ दुई जना समातिए

April 16, 2018


काठमाडौं । इन्धन बोक्ने ट्यांकभित्र लुकाएर लागूऔषध गाँजा तस्करी हुने गरेको खुलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ना ४ ख ५३६८७ नम्बरको ट्यांकरभित्र क्याबिनमा १६० केजी गाँजाको चिप्पडसहित दुई जनालाई पक्राउ गरेसँगै गाँजा तस्करीको यो शैली सार्वजनिक भएको हो ।

प्रहरीका अनुसार ७ वटा प्लाष्टिकको बोरामा प्याक गरेर गाँजा तस्करी गरिएको हो ।पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र कैलाश गाउँपालिका–२ का २६ वर्षीय इमानसिंह स्याङ्बो छन् ।उनीहरुलाई काठमाडौंको चन्द्रगिरी–२, झ्याप्ले खोलास्थित सडक किनारबाट पक्राउ गरिएको ब्यूरोका प्रमुख डिआईजी ठूले राईले बताए ।उनका अनुसार गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका दुई जना लोमो समयदेखि गाँजाको कारोबारमा संलग्न रहेको समेत खुलेको ब्यूराले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।