Digital Newspaper of Nepal
| Wednesday, 19 December 2018
Subscribe Google+
Smart 4G

एकतापछि दुई अध्यक्ष, महाधिवेशनपछि प्रचण्ड कि माधव नेपाल ?

NIC Bank, Long AD

April 17, 2018


काठमाडौं । नेकपा एमाले र माओवादीवीच पार्टी एकता भएपछि केपी ओली र प्रचण्ड दुबैले समानान्तर रुपमा अध्यक्षको जिम्मेवारी निभाउने सहमति जुटिसकेको छ । तर, पार्टी एकतापछि हुने महाधिवेशनबाट को अध्यक्ष बन्ने रु माधव नेपाल कि प्रचण्ड ? प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई आगामी महाधिवेशनमा पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने गोप्य वचन दिएको दाबी माओवादी नेताहरुले गरेका छन् । यसैगरी प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई पनि आगामी महाधिवेशनमा अध्यक्ष बन्न सघाउने र आफू अध्यक्षमा नलड्ने वचन दिइसकेको माओवादी नेताहरुको दाबी छ । उसोभए पार्टी एकतापछिको पहिलो महाधिवेशनपश्चात एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्ष को बन्ला त रु पार्टीको सर्वोच्च निकायका रुपमा रहने महाधिवेशनले टुंगो लगाउनुपर्ने नेतृत्वको विषय अहिले नै कोठामा बसेर टुंगो लगाउने कि महाधिवशेनकै मैदानमा लोकतान्त्रिक प्रतिस्पर्धा गरेर टुंग्याउने ?

महाधिवेशनपछिको नेतृत्वबारे हामीले केपी ओली निकटका एमाले नेता एवं सञ्चार राज्यमन्त्री गोकुल बास्कोटालाई सोध्यौं  ‘एकता महाधिवेशनमा अध्यक्षका लागि मतदानमा जाँदा के हुन्छ रु अहिले नै विवाद गरिराख्नुभन्दा महाधिवेशनमा प्रचण्ड, माधव नेपाल र घनश्याम भुसाललगायतले खुल्ला चुनावी प्रतिस्पर्धामा उत्रिए हुँदैन ?’ राज्यमन्त्री बास्कोटाले भने ‘पार्टी एकतापछिको पहिलो महाधिवेशनमा सहमतिकै आधारमा नेतृत्व चुन्नु व्यवहारिकरुपमा उपयुक्त हुन्छ, त्यसपछि चाहिँ खुल्ला प्रतिस्पर्धामा जानैपर्छ ।’ बास्कोटाको जवाफले के संकेत गर्छ भने एमाले र माओवादीवीच पार्टी एकता हुनासाथ ओली र प्रचण्ड दुबैजना अध्यक्ष हुनेछन् । र, त्यसपछि हुने महाधिवेशनले सहमतिकै आधारमा एक जनालाई पार्टी अध्यक्ष बनाउनेछ । महाधिवेशनमा अध्यक्ष पदका लागि चुनाव हुनेछैन ।

उता, माओवादी नेताहरु अहिले दुईजना अध्यक्ष हुनुपर्ने र आगामी महाधिवेशनपछि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने सुनिश्चितता अहिले नै खोजिरहेका छन् ।एमाले नेता माधवकुमार नेपाल भने आगामी महाधिवेशनबाट एकीकृत पार्टीको अध्यक्ष आफैं हाँक्न चाहन्छन् । उनी आगामी महाधिवेशनमा प्रचण्डलाई छिर्के हान्ने दाउमा देखिन्छन् । तर, वर्तमान अध्यक्ष केपी ओली भने एउटै कक्षामा दोहोर्‍याएर पढ्दिनँ भन्दै आगामी महाधिवेशनमा अध्यक्ष पदको दाबी नगर्ने, बरु ५ वर्ष प्रधानमन्त्री चलाउने सोचाइमा देखिन्छन् । यद्यपि माओवादी अध्यक्ष प्रचण्ड आगामी अढाइ वर्षमा सरकारको काँध फेर्ने र प्रधानमन्त्री बन्न पाउनुपर्ने अडानमा छन् । यो स्थितिमा पार्टी एकता भइहाल्यो भने आगामी महाधिवेशनमा अध्यक्षका लागि प्रचण्ड र माधव नेपालवीच प्रतिस्पर्धा हुन सक्छ । माधव र प्रचण्डवीच आपसी सहमति भएन र चुनावै हुने स्थिति आयो भने घनश्याम भुसाल वा अरु कुनै नेतालाई समेत पार्टी अध्यक्षका लागि उमेद्वार बन्न ढोका खुल्ने छ ।

अध्यक्ष सहमतिमै चुन्नुपर्छः अग्नि सापकोटा

यसैवीच प्रचण्डनिकट माओवादी नेता अग्नि सापकोटालाई हामीले सोध्यौं  ‘ पार्टी एकता भयो भने आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि प्रचण्ड, माधव नेपाल र घनश्याम भुसालवीच त्रिपक्षीय चुनावी भिडन्त हुने सम्भावना कत्तिको देख्नुहुन्छ रु एमाले नेताबाट त पहिलो महाधिवेशनमा सहमतिबाटै अध्यक्ष चुन्नु उपयुक्त हुन्छ भन्ने जवाफ पाइयो नि रु’ माओवादी नेता सापकोटाले जवाफ दिए ती एमाले मित्रलाई धन्यवाद, जसले आधिकारिक लाइन बोले । पार्टी एकतापछिको पहिलो महाधिवेशनमा सहमतिकै आधारमा अध्यक्ष चुन्ने दुई पार्टीवीच सहमति भएकै विषय हो । आधिकारिक लाइन नै यही हो ।’