Digital Newspaper of Nepal
| Monday, 22 October 2018
Subscribe Google+
Smart 4G

यातायात सिन्डिकेट पूर्णरुपमा अन्त्य, व्यवसायीले के गर्लान ?

NIC Bank, Long AD

April 17, 2018

काठमाडौं- सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट पूर्ण रुपमा अन्त्य गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यातायातको कुनै पनि सिन्डिकेट रहन नदिने निर्णय गरेको कानुन मन्त्री शेरबहादुर तामाङले बताएका छन्।

उनका अनुसार अब सरकारले जिल्ला प्रशासनमा दर्ता कायम रहेका यातायात समितिहरूको नवीकरण गर्नेछैन। यातायात समितिहरु संस्था दर्ता ऐन अन्तर्गत गैरसरकारी संस्थाका रुपमा दर्ता भएर सञ्चालित हुँदै आएका छन्।

यातायात व्यवसायीहरुको संस्थाले भने बैशाख २६ गतेबाट सम्पूर्ण सार्वजनिक यातायातको साधान बन्द गर्ने निर्णय गरेका छन् । सरकारको यो निर्णयसँगै व्यवसायी थप चपेटामा परेका छन् ।